arrow

एमालेका पृथ्वीसुब्बा र किरणले प्रदेश नं ४ मा मुख्यमन्त्री बन्छु भन्दै झुक्याए मतदाता

तनहुँ र लम्जुङका एमाले कार्यकर्ता पनि अलमलमा

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
subba-gurung.jpg

लमजुङ । नेकपा एमालेबाट प्रदेश नं ४ मा आगामी निर्वाचनपछि मुख्यमन्त्री को हुने भन्ने बारेमा किचलो सुरु भएको छ । 

निर्वाचन नजिकिएसँगै पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङ र पार्टीका प्रदेश नं ४ का संयोजक किरण गुरुङ आ–आफुलाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सारेर प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

किरण गुरुङले नेकपा एमाले प्रदेश नं ४ को संयोजक आफु भएको कारण आफु नै मुख्यमन्त्रीको स्वभाविक दावेदार भएको बताउँछन् । 

उनी भन्छन्, “हिजो पार्टीले मलाई प्रदेश ४ को संयोजकको जिम्मेवारी दियो, स्वभाविक हिसाबले यो निर्वाचन जितेर नेकपा एमालेको प्रदेश सरकार बनेको अवस्थामा मुख्यमन्त्रीको जिम्मेवारी मैले पाउनुपर्छ ।” 

किरण वि.स. २०४८ र २०६४ सालमा तनहुँको क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् । उनी अहिले नेपाली काँग्रेस तनहुँका पूर्व सभापति एवम् युवा नेता धुब्र वाग्लेसँग चुनावी मैदानमा छन् । 

यता लमजुङबाट प्रदेश (ख) बाट उम्मेद्वार बनेका पृथ्वीसुब्बा आफु मुख्यमन्त्री हुने भनी लमजुङबासीसँग भोट मागिरहेका छन् । 

वि.सं. २०४६ सालमा निरन्तर नेकपा एमालेबाट निर्वाचन लड्दै आएका गुरुङ विस २०६४ सालमा मात्र विजयी हुन सकेका हुन् । 

वि.सं. २०४६, २०५१, २०५६ र २०७० सालको निर्वाचनमा उनी पराजित भएका थिए । 

नेकपा एमालेका कतिपय जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु लमजुङ एमाले पृथ्वीसुब्बाको पेवा हो भनेर भन्न थालेका छन् भने कतिपय कार्यकर्ताहरु एमाले लमजुङमा योग्य उम्मेद्वार हुँदाहुँदै नेकपा माओवादी केन्द्र मनाङका नेतालाई लमजुङमा ल्याएर उम्मेद्वारी बनाएको भन्दै आलोचना समेत गरेका छन् । 

देव गुरुङलाई प्रतिनिधि सभामा उमेद्वारी दिएपछि भित्रभित्रै मुर्मुरिएका पृथ्वीले कार्यकर्तालाई फकाउन आफू मुख्यमन्त्री बन्ने चर्चा चलाएको पनि व्यापक छ।

पृथ्वीसुब्बासँग नेपाली काँग्रेस लमजुङका पूर्व सभापति एवम् प्रखर व्यक्ति कृष्णप्रसाद कोइराला चुनावी मैदानमा छन् । 

कोइराला पार्टी सभापति हुँदा समग्र लमजुङको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ