arrow

'काँग्रेसको जीत अधिनायकवादको लागि गतिलो झापड'

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
lamjung.jpg

लमजुङ । नेपाली काँग्रेस लमजुङ प्रतिनिधी सभा प्रदेश (ख) का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले लोकतन्त्रको स्थायित्व र संविधान कार्यान्वयनका लागि काँग्रेसलाई जिताउनु आवश्यक रहेको बताएका छन् । 

नेपाली काँग्रेसको चुनावी प्रचारप्रसारका लागि बिहीबार पाँउदी पुगेका नेता कोइरालाले काँग्रेसले बनाएको संविधानलाई कागजको खोस्टो बनाउन प्रयास भइरहेको छ त्यसका विरुद्ध पनि काँग्रेसको विजय आवश्यक रहेको बताएका छन्। “हाम्रो जित अधिनायकवादी विरुद्धको हो,”– उनले भने । 

नेता कोइरालाले लमजुङमा बन्न लागेको मध्य पहाडी लोकमार्गमा पर्ने घर जग्गाको क्षतिपूर्ति काँग्रेसले नै दिलाउने स्पष्ट पारे । कोइरालाले काँग्रेसको नेतृत्वमा बनेको संविधान विथोल्नका लागि बाम एकता भएको आरोप समेत लगाए । 

काँग्रेस लमजुङका पूर्व पार्टी सभापति तुलसीनारायण श्रेष्ठले बाम गठबन्धनले चुनाव जिते मुलुकको शान्ति सुरक्षा खलबलिनुको साथै विकास निर्माणको काम समेत ठप्प हुने बताए । 

उनले लमजुङमा भएको विकास निर्माण आधार नेपाली काँग्रेसको पालामा भएको बताउँदै जिल्लालाई थप सम्बृद्ध बनाउन काँग्रेसको जित आवश्यक रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ