arrow

गगन थापालाई पच्छ्याउँदै राजन, शैली भने सिकेनन्

logo
बद्री भट्टराई,
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
gagan-ktm4-candidate.jpg

संघिय निर्वाचन तथा प्रादेशिक निर्वाचनको मिति नजिकिदै गर्दा राजनैतिक दलहरु आफ्नो चुनावी प्रचारमा तिब्रताका साथ जुटेका छन । ब्लक भेटघाट देखी चियापान सम्म र घरदैलो कार्यक्रमले समेत तिव्रता पाइरहेको छ । 

काठमाडौं क्षेत्र नं ४ मा पनि निर्वाचनको तरङ्ग बढेको छ । यस पटक प्रादेशिक निर्वाचनका लागि काँग्रेसले क प्रदेशमा साधुराम खड्का र ख प्रदेशमा नरोत्तम बैद्यलाई उम्मेदवार बनाएको छ भने प्रतिनिधी सभामा पूर्व स्वास्थ मन्त्री समेत रहिसकेका गगन थापालाई उम्मेदवार बनाएको छ । 

वाम गठबन्धनले यस क्षेत्रमा तिनै जना एमालेका उम्मेदावरलाई अगाडी बढाएको छ । क प्रदेशमा कुसुम कुमार कार्की र ख प्रदेशमा निर्मल कुइकेल समग्र भन्नुपर्दा क्षेत्र नं ४ मा विगत झै काँग्रेस र एमाले विच प्रतिस्पर्धा रहेको स्पष्ट छ । 

सांसदको रुपमा गगन थापा सफल व्यक्ति हो भन्ने प्रशस्त आधारहरु उनले निर्माण गरेका छन । यद्यपी प्रतिष्पर्धीहरुले आरोप लगाउनु सामान्य विषय हो । मन्त्रीका रुपमा गगन थापा सर्वाधिक सफल मन्त्री हुन यसका प्रमाणहरु यथेस्ट छन । 

वाम गठबन्धनका उम्मेदवार भट्टराई परराष्ट्र विद हुन । उनको राजनैतिक यात्रा पनि सफलै रहेको मान्न सकिन्छ । 

नेपाली राजनीतिमा यि दुवै जना प्रभाव राख्न सक्ने नेताहरु हुन । दुवै जना पछिल्लो राजनीतिको संक्रमणकालमा सँगै छन अझ भनौ विकास निर्माणका साझेदार पनि हुन । 

दुवै जनाका सहकर्मीहरुको समेत सम्बन्ध निकै राम्रो रहेको छ । यस विचमा दुवै जना नेताहरुले आफ्नो आफ्नो धारणा राखेर जाने र एकअर्काप्रति गाली, गलौज नगर्ने पक्का थियो । तर स्थित त्यस्तो देखिएन। चुनाव न हो भनेर एक्कासी आक्रमणमा उत्रेका राजनको क्रियाकलापले राजनीतिलाई अलि फोहोरि बनाएको छ।

आफ्ना एजेण्डाका र  पार्टीको धारणा जनतामाझ स्पष्ट राख्न सक्ने नेताहरुको क्षेत्रमा एकाएक देखिएको गैर राजनैतिक क्रियाकलापहरुको बारेमा जवाफ कसले दिने ? 

पछिल्ला दिनहरुमा नेकपा एमालेका जिम्मेवार नेताहरु नै राजनैतिक चौघेरा नाघेर आफ्ना भनाईहरु राखिरहेको स्पष्ट देखिन्छ । समाजिक सञ्चालको प्रयोग भन्दै अनेकौ गलत प्रचारप्रसारहरु गरिरहेको प्रमाणहरु भेटिन थालेका छन । 

निर्वाचनको ३ महिना अगाडी सम्मगगन थापाका घरमा नै गएर सांसद कार्यालयमा धाएर नै  विकासको साझदारी गरिरहेका व्यक्तिहरु किन एकाएक तल्लो स्तरसम्म आइरहेका छन । 

केहि काँग्रेस कार्यक्रताहरु पनि उक्त विषयहरुको प्रतिरोधमा खरौ रुपमा उत्रिरहेका छन । जसको समर्थन गर्न सक्ने अवस्था नै हुन्न । 

काठमाडौ क्षेत्र नं ४ मा सन्त नेता किसुनजी देखी वर्तमान राष्ट्रपनि र उपराष्ट्रपति सम्मको परिचय जोडिएको छ । 

हिजो कोलाहल अवस्थामा समेत यहाँको निर्वाचनमा यति घिन लाग्दो शब्द र प्रचारहरु भएका थिएनन आज किन यो प्रश्नले जिम्मेवार नागरीकहरुलाई सोच्न बाध्य बनाउने छ । 

एमालेका केहि नेताहरु स्थानीय तहको मतलाई आधार मानेर घमण्डमा आएका हुन वा काँग्रेस स्थानीय तहको निर्वाचनको परिणामा सम्झिएर रिसाएको हो । 

जुनसुकै विषय भए पनि तल्ल्तो स्तरको प्रचारवाजी गर्नु एमालेकै लागि प्रत्युत्पादक हुन सक्छ भने गलतलाई गलत तरिकाले नै थिच्नु पर्छ भन्ने एकाध काँग्रेसी कार्यक्रताको प्रतिरोधले पनि काँग्रेसलाई ठुलो नोक्सानी पुर्‍याउन सक्छ । 

यो अवस्थाका बारेमा स्वयम गगन कुमार थापा पनि विज्ञ छन भने राजन भट्टराईलाई पनि यसको आभास रहेको छ तर दल भित्रको यो दलदलका कारण व्यक्ति जितेर राजनीति हार्नु हुदैन भन्ने लेखकको मनसाय हो । किनकी यो क्षेत्र नं ४ हो । 

तत्कालिन माओवादीका कमाण्डर नन्दकिसोर पुन र गगन थापाको प्रतिस्पर्धा हुँदा त यस क्षेत्रमा गाली, गलौज र अपमानजनक प्रचार भएको थिएन भने यो त संविधान कार्यान्वयनको सुनौल चरणमा भावि नेताहरुको निर्वाचन हो । यहाँ यो निर्वाचनको परिणामले न गगन थापा रोकिनेछन त भट्टराई नै । 

तर्सथ क्षेत्र नं ४ को गरिमा जोगाउनका लागि विशेष गरेरर एमालेका नेता तथा कार्यकर्ताहरुबाट भइरहेको गलत प्रचार रोकिनु पर्दछ , कार्यक्रताका कारण नेता माथी गरिने गलत टिकाटिप्पणी पनि काँग्रेसबाट पनि रोकिनु पर्दछ । 

क्षेत्र नं ४ का मतदाताहरुले सुजबुझ निर्णय लिने कुरामा शंका नै छैन । किनकी यहाँ काठमाडौंको  मतदाता बस्छन । यहाँ मौनतामा निर्णय लुकेको हुन्छ । स्थानीय तहको निर्वाचनको मतका आधारमा रहेर होस वा अघिल्लो संविधान सभाको निर्वाचनको परिणाम हेरर आफु अनुकुलको पार्टी जित्छ भनेर आंकलन गर्नु र तल्लो स्तरको प्रचारबाजी र शब्दहरु प्रयोग गर्नु क्षेत्र नं ४ मा कंलक लगाउनु हो । 

सम्भावना र भविष्य बोकेका नेताहरुका अगाडी नयाँ पुस्ताले गर्व गर्ने वातावरण बन्नुपर्दछ । ६०१ सभासदको नाम लिँदा हरेक नागरिकले गगन थापाको नाम लिनु क्षेत्र नं ४ को गौरवको विषय हो । यो अवस्बथा अब पनि बन्नु पर्दछ । 

निर्वाचन त एकले जित्ने हो कम्तिमा यो क्षेत्रका उम्मेद्वारहरुलाई सदैव देशले स्मरण गर्ने वातावरणको निर्माणमा नयाँ पुस्ता लाग्नु पर्दछ । 

हामीले स्मरण गर्नु पर्ने कुरा के हो भने विशेषत दल भित्रका बुद्धिजिविहरु जसले संसारलाई बुझाइरहेका हुन्छन । वि.स. २०७० को निर्वाचन संविधान सभाको निर्वाचन हो । यसमा दुवै जना पास भएर आएका छन

सांसद विकाष कोषको रकम सहमतीमा वितरण गरेका छन । दुवै जना पास भएका छन । गगन थापाले अवसर पाए मन्त्री बने स्वास्थ क्षेत्रमा सुधार आएको छ वा छैनन नेपाली नागरीकहरुले विशेषत मतदाताहरुले मतबाट त्यसको नतिजा दिनेछन । 

संविधानमा के कस्तो निति नियमहरुमा दुइजनाको भुमिका रह्यो संसदका रुपमा आफ्नो क्षेत्रमा भौतीक निर्माण र विकास निर्माणमा उनिहरुले के कति कार्य गर्ने प्रयास गरे त्यसका बारेमा मतदाताले जान्न पाउनु पर्छ । 

नेताहरुको कार्यशैलीमा त्यहाँ पो प्रश्नहरुको उठान हुनुपर्ने हो । हामी कहि यी सबै कुराहरु छोडेर केबल राजनैकि दासत्व बोकेर गलत प्रचार त गरिरहेका छैनौ , यसतर्फ क्षेत्र नं ४ का राजनैतिक नेता तथा कार्यकर्ताहरुले सोच्नु पर्नेछ । किनकी हामी भन्दा पछाडीको पुस्ताले हामी बाट सिक्ने धेरै बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ