arrow

नुवाकोटमा नयाँ शक्तिका दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
party_prabesh5.jpg

विदुर । निर्वाचनको मिति नजिकिदै जाँदा नुवाकोटमा लोकतान्त्रिक गठवन्धन प्रतिको आकर्षण वढ्दै गएको छ । निर्वाचनमा लोकतन्त्रको नारा सहित नेपाली काँग्रेस लगायतका दलहरु र साम्यवादको नारा सहित एमाले र माओवादी केन्द्र लगायतका दलहरु प्रतिस्पर्धामा रहेका वेला नुवाकोटमा लोकतन्त्रको समर्थनमा भन्दै विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ ।

यसैक्रममा विहिवार किस्पाङ गाउँपालिकाको काहुलेमा आयोजित कार्यक्रममा गत स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फवाट उपाध्यक्ष पदकी प्रत्याशी मिनमाया लामा, माओवादी केन्द्रको किस्पाङ गाउँ सल्लाहकार वोधनाथ भट्ट, काहुलेका समीर लामा, विकास तमाङसहित विभिन्न पार्टीमा आवद्ध दर्जनौेंले नेपाली काँग्रेस प्रवेशका साथ लोकतन्त्रको पक्षमा आफ्नो अभिमत जाहेर गरेका छन् ।

नवप्रवेशीहरुलाई नेपाली काँग्रसका केन्द्रीय सदस्य एवं क्षेत्र न.२ का उमेदवार अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य एवं समानुपातिक उमेदवार वहादुरसिंह लामाले पार्टीको सदस्यता वितरण गरी स्वागत गरेका थिए । त्यसक्रममा नयाँ शक्तिकी नेतृ तमाङले आफू लोकतन्त्तको रक्षाको लागि नेपाली काँग्रसमा समाहित भएको वताउँदै ग्रामिण भेगका सोझा जनजातीहरुलाई कम्युनिष्ट अधिनायकत्व स्वीकार नहुने बताईन ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ