arrow

प्रचण्डले जंगली जनावर र खोलाको त्रास हटाइदिने 

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
pmprachandadahal.jpeg

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबारदेखि घरदैलो अभियान शुरु गरेका छन् ।  

भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उनले घरदैलो अभियान शुरु गरेका हुन् ।  

घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो गरे । 

अर्की ज्येष्ठ नागरिक मुनि न्यौपानेले नाम मात्र सुनेको ‘प्रचण्ड’लाई भेट्न पाउँदा खुसी लागेको बताइन् । 

ज्येष्ठ नागरिक बिबा परियारले अब सधैँ चिचवनमा नै बसेर जिल्लाको विकास गरिदिन प्रचण्डलाई आग्रह गरे । 

घर दैलोका क्रममा अन्यले पनि जंगली जनावर र खोलाको त्रास हटाई दिन उनलाई आग्रह गरेका थिए । 

सो क्रममा अध्यक्ष दाहालले आधुनिक मेस र जाली निर्माण गर्ने तथा तटबन्ध गरेर नदि कटान रोक्ने आश्वासन दिए । 

कात्तिक २७ गतेसम्म चितवन रहने अध्यक्ष दाहालले नियमित घरदैलो अभियान र सभा, सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

घरदैलो अभियान शुरु गर्नु अघि अध्यक्ष दाहालले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटनसमेत गरे । 

सो अवसरमा उनले चितवन र समग्र राष्ट्रको समृद्धिका लागि आफूले चितवनलाई रोजेको बताउँदै निर्वाचनपछि वाम गठबन्धनको बहुमत आउने र मुलुकमा स्थिर सरकारसँगै देश आर्थिक समृद्धिमा लाग्ने धारणा व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ