arrow

विश्वको जुनसुकै टिमका प्रशिक्षक बन्ने लाइसेन्स लिए प्रदीप हुमागाईले 

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
pradip-humagai.jpeg

काठमाडौं । नेपाली एक फुटबलरले अहिलेसम्म हात नपारेको सफलता प्रदीप हुमागाईंले हात पारेका छन् । 

प्रदीपले विश्वमै अहिलेसम्मकै उत्कृष्ट अंक प्राप्त गर्दै ए लाइसेन्स कोचिङ कोर्स सम्पन्न गरेका हुन् । 

अमेरिकामा गत अगष्ट १५ देखि ११ सेप्टेम्बरसम्म भएको लाइसेन्स कोर्समा अहिलेसम्मकै उत्कृष्ट अंक लिएर पहिलो स्थान हासिल गर्दै प्रदीपले लाइसेन्स कोर्स पूरा गरेका हुन् । 

अमेरिकाको किस्टोन एथलेटिकमा प्रशिक्षकको भुमिका खेलिरहेका राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लवका पूर्व प्रशिक्षक प्रदीपले समाजशास्त्र, शारीरिक शिक्षा र स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन् । 

विरलै देख्न पाइने प्रतिभाका धनी प्रदीप हाल अमेरिकामै रहेका छन् । 

उनले एकै पटक राष्ट्रिय लिग च्याम्पियन  थ्रीस्टारको प्रशिक्षण सम्हालेपछि टिमले कुनै पनि खेल नहारेको कीर्तिमान पनि बनाएका थिए । 

उनले ठूलो उपलब्धी हासिल गरेपछि अमेरिकाबाटै हाम्राकुरासंग कुरा गर्दै भने, ‘मेरो इच्छा अब नेपाली राष्ट्रिय टिमको प्रशिक्षक भएर नेपाललाई उच्च स्तरीय टिम बनाउने रहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ