arrow

यु–१९ एसिया कप क्रिकेट मलेसियामा सुरु, नेपालले शनिबार बंगलादेशसँग खेल्ने

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
u-19-youth-asia-cup-cricket.jpg

क्वालालम्पुर । यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि मलेसियामा सुरु भएको छ । 

पहिलो खेलमा आयोजक मलेसियाले भारतसंग किन्रारा मैदानमा खेल्दैछ । 

पहिलो दिन तीन खेल हुँदैछन् । अर्को खेलमा पाकिस्तानले अफगानिस्तानसंग बेउमासमा खेल्दैछ । 

त्यसैगरी तेस्रो खेलमा श्रीलंकाले युएईसंग आरएससीमा खेल्दैछ । 

नेपालले भने पहिलो खेलमा शनिबार बंगलादेशसंग खेल्दैछ । 

समुह ए मा रहेको नेपालसंगै मलेसिया, बंगलादेश र भारत रहेका छन् । 

नेपालले मलेसिया जानुअघि बंगलादेशमै अभ्यास गरेको थियो । नेपालले बंगलादेशसंग खेलेका २ मध्ये १ खेल जितेको थियो । 

नेपाली टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले सम्हालेका छन् । 

दोस्रो समुहमा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र युएई रहेका छन् । 

समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ