arrow

स्थानीयतहमा विकासले गति लिदै,सडकले जनताको मुहार फेर्दै नगरपालिका

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
syangja_(2).JPG

स्याङ्जा । पछिल्लो समय सडकलाई नागरिकले विकासको गति लिन थालेका छन् । हरेक बस्ती टोलमा सडक नपुगे सम्म नागरिकले विकास भएको अनुभवनै गर्न छाडेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले यो आर्थिक बर्षमा हरेक टोल, बस्ती र वडामा सडक पुर्‍याउने लक्ष्य लिएको छ ।

दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनले जनताले जनप्रतिनिधि चुनेका छन् । कर्मचारीबाट हुदै आएको सेवा सुविधा अव जनप्रतिनिधि मार्फत हुनेछ । जनताले चुनेका प्रतिनिधिबाट सेवा सुविधा लिदा सहज हुने विश्वास लिइएको छ । स्याङ्जाको चापाकोट नगरपालिका सम्भावना भएको नगरपालिका हो । जिल्लाकै कान्छो नगरपालिकाको रुपमा परिचित चापाकोटले देशकै नमुना नगरपालिका बनाउने लक्ष्यका साथ यो आर्थिक बर्षमा सबै वडा, टोल र बस्तीमा सडक संजाल बनाउने अभियान अगाडी बढाएको छ । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको चापाकोट नगरपालिका विकासको गतिले पछि परेको नगरपालिका पनि हो । जनप्रतिनिधि चुनिए सगै चापाकोट नगरपालिकाले विकासको फड्को मार्ने विश्वास स्थानीयले लिएका छन् ।

गाँउ नै गाँउले भरिएको नगरपालिका चापाकोट हो सबै भन्दा पहिला कर्मचारीलाई व्यवस्थापन गरेर जनता घरबाट विहान आएर नगरपालिकाको सेवा सुविधा लिएर बेलुका घर फर्कन सकुन भन्ने हेतुले सडकबाट चापाकोटको विकास शुरु गरेको नगरपालिका प्रमुख शिवकुमार गिरी बताउछन् ।

सडकको विकास भएपछि मात्रै नगरपालिकाको विकास हुने अपेक्षा हामीले लिएका छौं नगरप्रमुख गिरीले भने,“ पक्की सडकले समेत नछोएको नगरपालिकालाई पहिला सडक सञ्जालबाट जोड्ने छौं ।” नगरपालिका भएर पनि अहिले सम्म पक्की सडकले नछोएको नगरपालिका चापाकोट हो उनले भने । यो आर्थिक बर्षमा सडक सञ्जालकै लागि नगरपालिकाले सबै भन्दा बढी खर्च सडकमा छुट्टाएको नगरप्रमुख गिरीले भने । आर्थिक बर्ष २०७४÷०७५ का लागि चापाकोट नगरपालिकाले ४ करोड ५९ लाख ५० हजार रकम विनियोजन गरेको छ । जसमा २ किलोमिटर पक्की सडकका लागि १ करोड छुट्टाएको नगरपालिकाले जनाएको छ ।

 नगरपालिका भित्र निर्माण हुन लागेका सडकहरु उपभोक्त समिति मार्फत हुदैछन् ।  ठेकेदारले समयमै निर्माण नगर्ने र दिगो नहुने समस्या देखिएपछि सबै विकासका काम उपभोक्त समिति मार्फत गर्न लागेको गिरीको भनाई छ । चापाकोट नगरपालिकाले जनप्रतिनिधि पाए सगै विकासको गति लिन थालेको महशुष भएको छ । गाँउ नै गाँउले भरिएको नगरपालिका चापाकोट हो नगरप्रमुख गिरीले भने,“सबै भन्दा पहिला कर्मचारीलाई व्यवस्थापन त्यस पछि जनता घरबाट विहान आएर नगरपालिकाको सेवा सुविधा लिएर बेलुका घर फर्कन सकुन भन्ने हाम्रो चाहाना हो ।” त्यसैले सडकलाई पहिलो प्रथामिकता लिएको र चापाकोटको विकास शुरु गरेको उनले भने ।

सडकको विकास भएपछि मात्रै नगरपालिकाको विकास हुने अपेक्षा नगरपालिकाले लिएको छ । ठेकेदारबाट बनाउन टिकाउ लामो नहुने र उपभोक्ताको चासो नहुने हुँदा नगरपालिकाले सडक लगायत सबै विकासका कामलाई उपभोक्ता मार्फत बनाउदा खुशी लागेको उपभोक्त समितिका अध्यक्ष धिरज खाँण बताउछन् । उपभोक्ता मार्फत काम गर्दा सबै उपभोग गर्ने नागरिकको चासो हुने हुनाले नगरपालिकाले विकासको काम उपभोक्तालाई जिम्मा लगाउनु अत्यन्तै स्राहनीय भएको उनले बताए । समितिले बनाउदा सबै उपभोक्तको पनि चासो हुने हुदा विकासको गति पनि तिब्र र राम्रो हुने विश्वास उनीहरुको छ । उपभोक्ताले गरेको कामको निरिक्षण नगर प्रमुख र उपप्रमुखले दैनिक गर्दै आएका छन् । जसले गर्दा जनप्रतिनिधि र स्थानीय विच सुमधुर सम्वन्ध बढ्ने गरेको छ ।

विकासको कामको अनुगमन सगै नगरपालिका भित्र रहेका महिलाहरुको अवस्थाको बारेमा पनि जानकार हुने नगरपालिका उपप्रमुख विमला श्रेष्ठको भनाई छ । चापाकोट नगरपालिका भएर पनि महिलाहरुमा अझै सचेतनाकमी रहेकोले हिंसाका घट्नाहरु बढिरहेको श्रेष्ठको भनाई छ । समवन्ध विच्छेद, घरेलु हिंसा, कल झगडा जस्ता उजुरीहरु आउन थालेको श्रेष्ठको भनाई छ । यसलाई क मगर्न नगरपालिकाले सबै भन्दा पहिला महिलाहरुलाई सचेतना सम्वन्धी तालिमको व्यवस्था शुरु गर्न लागेको उनको भनाई छ ।

कर्मचारीको आशामा रहदै आएको स्थानीय निकायमा जनप्रतिनिधि आएपछि विकासले गति लिनु राम्रो छ । जनताको जनचाहाना जनप्रतिनिधिले विकास निर्माणलाई तिब्रता दिने हो भने जिल्लाको मुहार फेरिन धेरै समय लाग्ने देखिदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ