arrow

ओलीका प्रतिस्पर्धी अधिकारी भन्छन्, 'ओली आफ्नै एक भोटले चुनाव हार्दैछन्'

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रतिस्पर्धी उम्मेदवार डा. खगेन्द्र अधिकारीले आफूले केपी ओलीलाई एक मतले भएपनि जितेर देखाउने बताएका छन् । काँग्रेस झापा क्षेत्र नम्बर ५ का उम्मेदवार अधिकारीले प्रचारप्रसारको क्रममा आफूले मतदाताहरुले पूर्व प्रधानमन्त्री ओली र आफूलाई बराबर मत दिने सोच बनाएको बताएका हुन्।

शुक्रबार झापामा भएको चुनाव प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले आफूले आफैंलाई भोट हाल्न नपाउने भएकोले एक मतले आफूले चुनाव जित्ने बताए । उनले भने ‘मेरो मतदाता नामावलीमा नाम छ त्यसैले म आफूलाई आफैले भोट हाल्न सक्छु तर ओलीको नामावली नभएकोले उनले एक मतले पराजय भोग्नु पर्नेछ ।'

उनले दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले केपी ओलीका केही कार्यकर्ताहरुले आफूलाई केपीओलीसँग जित्छस् ? भन्ने प्रश्न गरेको भन्दै उनी कुनै काल भैरव नरहेकोले उनलाई जित्नु असम्भव नभएको बताए । उनले भने, ‘ओली कुनै काल भैरब होइनन् जोसँग म डराउनु परोस् ।'  ओली राजनीतिमा आफू भन्दा खारिएको मान्छे भएको बताउदै अधिकारीले आफू पनि शिक्षामा खारिएकै मान्छे रहेको बताए ।

लोकतन्त्र नै संकटमा परेको बेला पार्टीले आफूलाई बिश्वास गरेर टिकट दिएको बताउँदै उनले यहीँ क्षेत्रका जनताको नोकर बनेर बस्न चाहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ