arrow

माधव नेपालको गृहजिल्ला रौतहट जिससमा काँग्रेस गठबन्धन विजयी

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
rautahat_jisasa.jpg

रौतहट । नेकपा एमालेका नेता माधव कुमार नेपालको गृहजिल्ला रौतहटको जिल्ला समन्वय समितिमा काँग्रेस गठबन्धन विजयी भएको छ । शुक्रबार भएको जिसस निर्बाचनमा नेपाली काँग्रेस र संघीय समाजबादी फोरमको गठबन्धन बिजयी भएको हो । मुख्य निर्बाचन अधिकृतको कार्यालयले प्रमुख र उपप्रमुख सहित नौ पदको लागि जिल्ला समन्वय समितिको निर्वाचन गरेको हो । 

मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएअनुसार नेपाली काग्रेसका राम एकवाल राय यादब र उपप्रमुखमा संघीय समाजबादी फोरम नेपालका रामअशिष राय बिजयी भएका छन । उनीहरु सहित सदस्यमा दलित तथा अल्यसंख्यकमा बच्चु साह कानु  (नेपाली काग्रेस) रहिस मिया धुनिया (नेपाली काँग्रेस), अन्यमा अशोक कुमार झा (नेपाली काँग्रेस), नवीनजन खातुन (ससफो)रामईश्वर राय यादव (ससफो) महिलामा ईन्दु देबि र धनमन्ती देवी (नेपाली काँग्रेस), बिजयी भएका छन ।

नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षले नै जिल्ला समन्वय समिति गठनको लागि मतदान गरेका हुन् । जिल्ला समन्व समिति गठनको लागि २० जनाको मनोयन दर्ता भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ