arrow

दाङकी एक्ली महिला उम्मेदवार ‘शुसिला’

logo
सपना बोहरा,
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
sushila.png

दाङ। ‘चुनाव लड्नको लागि पैसा छैन भनेर मलाई पछाडी नपार्नुस । टिकट दिनुस चुनाव जितेर देखाउछु ’  प्रतीनिधी तर्फकी एक मात्र दाङकी एकलो महिला उमेदवार शुसिला चौधरीले चुनावमा टिकट पाउनको लागि पार्टिमा यसरी कुरा राखेको संझिईन् । निर्वाचन क्षेत्र नं. एकको नेपाली कांग्रेस तर्फवाट दोश्रो पटक प्रतीनिधी उमेदवारमा भिडदै छिन् उनि । दाङमा मंसिर २१ गते  प्रतीनिधी तथा प्रदेश सभाको निर्वाचन हुदैछ । यो निर्वाचनमा तिन जना प्रतीनिधी सभामा छानिदै छन् भने ६ जना प्रदेश सभा सदस्य  छानिदै छन् । निर्वाचन क्षेत्रमा उमेदवारहरु आफनो पक्षमा मत तान्नको लागि जनताको घर आँगनमा पुगिसेका छन् । त्यही भिडमा प्रतीस्पर्धा गर्दै छिन एक्ली महिला उमेदवार शुसिला चौधरी । क्षेत्र नं. १ मा नेपाली कांग्रेसकी प्रतीनिधी सभा सदस्य उमेदवार हुन चौधरी । उनको यो प्रतिष्पर्धा जीत दोहेर्याउने अवसर समेत बनेको छ । उनि २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन क्षेत्र नं. दुईवाट निर्वाचित भएकी थिईन् ।  त्यो जनमतलाई आफ्नो पक्षमा पार्ने कसरतमा रहेकी उनको साहस छ ‘मैले यो निर्वाचनमा कुनै पनि हालतमा हार्दैन ।’

हरेक क्षेत्रमा महिलाहरुको नेतृत्व गर्नु पर्छ भन्ने नै  सबै राजनीतिक दलहरुको मुख्य एजेण्डा  पनि बनेको सुनिन्छ । दाङमा मुख्य राजनीतिक दल नेपाली कांग्रेस र बाम गठवन्धन (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) नै हो । तर बामगठवन्धनले महिलाहरुलाई समानुपातिक तर्फको उमेदवार बनाएको भएपनि प्रत्यक्षमा भने महिलाहरुलाई स्थान दिने सामथ्र्य राख्न सकेनन् । सक्षम हुदा हुदै पनि पार्टिले टिकट निदिएको अधिकांस महिला नेतृहरुले गुनासो गर्ने गरेका छन् ।

साविक सिसहनिया गाविस वार्ड नं ४ पिपरीकी चौधरीको राजनीतिक यात्रा २०५८ सालवाट सुरु भयो । उनका जेठाजु हरिप्रसाद चौधरीको प्रेरणा र श्रीमानको सहयोगले राजनतिक क्षेत्रमा प्रवेश गरेको वताउछिन् । २०६४ सालको निर्वाचनमा समानुपातिक उमेदवारमा नाम सिफारिस भएको थियो । ‘त्यो समयमा खुब प्रचार प्रसारमा हिडे’ उनले भनिन् ‘ तर मैले स्थान पाएन्, तर पनि हरेस खाएन् ।’ नेपाल परिवार नियोजन संघको देउखुरी क्षेत्रमा सामाजिक परिचालिका सम्वन्धी काम गरिन् । परिवार नियोजनका अस्थायी साधान प्रयोग गर्न, गर्भवति महिलालाई स्वास्थ्य चौकीमा लैजान पर्ने त्यहाँका महिला तथा पुरुषहरुलाई सचेत गराउदै हिडिन् । त्यस पनि उनि महिला तथा वालवालीका कार्यालयले महिलाहरुको आर्थिक विकास गर्नको लागि संचालन गरिएको सहकारी सस्थामा काम गर्न थालिन । आठ वर्ष सम्म यि दुई सस्थामा आवद्ध भएर यहाँका महिला तथा पुरुषहरुको मन  जितिसकेकी शुसिलाले २०७० सालको निर्वाचनमा जितिन् । ‘शुसिलाले चुनाव जित्छ भनेर कसैले कल्पना समेत गरेको थिएन्’ उनले विगत संझदै भनिन् ‘धेरै मतको अन्तरले मैले जितेको थिए, अहिले पनि जित्छु ।’ यस पटक उनि १७ वटा भारतसंग जोडिएका नाकामा पुगेर छोटो समयमा त्यहाको मतदाताहरुको मन जित्नु छ ।

उनको क्षेत्रमा ६५ प्रतिशत थारु छन् । २०७० सालको निर्वाचनमा  साविक गाविसहरु सिसहनिया, लालमहिटया रामपुर, लक्ष्मीपुर, सैघा, स्यूजा, हासीपर, लोहरापानी काभ्रेमा चुनाव लडेकी थिईन् । यसपटक भने सविका रामपुर र लक्ष्मीपुरको आधा, घोराही उपहमानगरपािलका एक दुई तिन र पाँच वडा र देउखुरी क्षेत्रमा उनि चुनावी प्रतिस्पर्धा गर्दै छिन् । यस पटकको निर्वाचनमा पनि जित्नेमा उनि ढुक्क छिन् ।
घरमा उनलाई श्रीमानको मात्रै होईन् छोरा छोरीको साथ पनि उत्तिकै छ । ‘घर जग्गा बेचेर भए पनि चुनाव लडनुस आमा भनेर छोरा छोरीले हिम्मत वढाउछन् ’ उनले भनिन् ।

  देउखुरी क्षेत्रमा महिलाहरलाई घरवाहिर निकाल्ने सक्षम महिला पनि शसिला हुन् । त्यसमा पनि चौधरी समुदायकी महिलाहरुलाई घर वाहिर ल्याउन कठिन् थियो । ‘पहिलेको चुनावमा यहाँको सबै महिलाहरुलाई चुनावको प्रचार प्रसारमा उतारे, सबै महिलाहरु साथ दिएका थिए’ उनले विगतको चुनाव संझदै भनिन् ‘यस पटक पनि उत्तिकै साथ छ, चुनाव नजित्ने कुरै हुदैन् ।

उनले चुनाव जितिसकेपछि महिलाको पक्षमा संविधान वनाउन भुमिका खेलिन् । त्यसतै आफनो निर्वाचन  क्षेत्रमा सिचाई , वाटो, खानेपानी र विद्यतु, विद्यालयको भौतिक निर्माण बजेट छुटाईन् । सवारीकोटमा विद्युतमा पुराईन् भने , महिला क्षमता बृद्धि, सामुदाियक भवन पनि निर्माण गरिन् ।
२०२५ सालमा जन्मीएको शुसिला २०४१ सालमा विवाह भएको थियो । अण्डर एस एल सि उनि बिवाह पश्चात पनि सामाजिक क्षेत्र हुदै राजनीतिक क्षेत्रमा सक्रिय भएकि हुन ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ