arrow

चन्द्र भण्डारीको पहलमा सडक क्षेत्रमा विकासै विकास

२०७० सालपछि के के भयो गुल्मीमा ?

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
chandra-bhandari.jpg.jpeg

गुल्मीमा । मुलुक चुनावी माहोलमा होमिएसँगै कतै हेवीवेटको चर्चा छ त कतै विकासप्रेमी नेताहरुको चर्चा चलिसकेको छ । कतै नयाँ अनुहारको प्रतिस्पर्धा छ भने कतै पहिले नै सांसद् बनिसकेकाहरु पनि फेरि जनप्रतिनिधि बन्ने दौडमा छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी व्यापक चलिरहँदा उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारका क्रममा आफूले गरेका कामहरुको लेखाजोखा गरिरहेका छन् भने त्यही कामको आधारमा आफ्नो नयाँ रणनीति र प्रतिवद्धताहरु आफ्ना मतदाता सामू राख्न व्यस्त छन् ।

तर, मुलुकका अन्य क्षेत्रमा भन्दा फरक प्रतिस्पर्धा चलिरहेको छ। गुल्मी क्षेत्र नं १ का दुई नेताबीचको यो भीडन्तले यो क्षेत्रको चुनावी रौनक देशभरी चुलिएको छ । यी दुई नेता हुन् काँग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली ।  

केही फुर्सद हुने वित्तिकै आफ्नो क्षेत्र पुगिहाल्ने र त्यहाँका जनताको समस्या बुझेर समाधान खोज्ने चन्द्र भण्डारी स्थानीय मतदातामा निकै प्यारा नेता मानिन्छन् भने राष्ट्रिय राजनीतिमा शालीन नेताको छवी छ प्रदीप ज्ञवालीको ।

यी दुबै नेताको एउटै स्वभाव छ आफ्ना कार्यकर्ताहरुलाई दलगत स्वार्थबाट माथि उठेर मीठो बोल्ने र सहयोगी भावना देखाउने । त्यसैले त कतै आफूले खोजेजस्तो नेता नपाएर मतदाता विरक्तिरहँदा यहाँका मतदाताहरु भने दुबै राम्रा उम्मेदवार भएर दोधारमा परेका छन् ।

चन्द्र भण्डारी २०७० सालमा गुल्मीबाट निर्वाचित सांसद् हुन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेर चुनाव जितेका भण्डारीले आफ्ना क्षेत्रका नागरिकलाई कहिलै पनि जनप्रतिनिधिको अभाव हुन दिएनन् । आफ्नो क्षेत्रको सानातिना समस्यादेखि ५ नं प्रदेश टुक्रयाउन नदिने आन्दोलनमा सहभागी बनेका भण्डारीले आफू सांसद् भएपनि सो क्षेत्रको विकासका लागि पनि धेरै प्रयास गरे र धेरै सफलता पनि हाँसिल गरेका छन् ।

अर्को चुनावको लागि देखाउन मात्रै काम गरेका थिए भने भण्डारीले सामान्य केही कामहरु गरेर धेरै प्रचारप्रसार गर्थे होलान् । तर, उनको कार्यकालमा प्रचार कम र काम धेरै भए । धेरै क्षेत्रमा निर्वाचित सांसद्को हैसियतले आफैं सरकारी कार्यालयको ढोका ढक्ढकाए । फलस्वरुप उनको प्रयासले धेरै सफलता पनि पाएको छ । यस मध्ये सबैभन्दा पहिले भण्डारीको पहलमा निर्माण भएका र निर्माणाधीन सडकको सामान्य जानकारी यहाँ प्रस्तुत गरिएको छ । जुन भण्डारीले आफ्नो कार्यकालमा गरिएको कामबारेमा प्रकाशित पुस्तिकाबाट निकालिएको हो।

६६ वटा थप सडक पी वानमा स्तरोन्नती
तत्कालीन समयमा चन्द्र भण्डारी सांसद् बन्दा गुल्मीको क्षेत्र नं १ मा ७ वटा पी वान सडकहरु रहेकोमा उनी सांसद् बनिसकेपछि उनको पहलमा थप ६६ वटा सडकलाई पी वानमा स्तरोन्नती गरिएको छ । राष्ट्रिय योजना आयोगले पी वान सडकको सूचीमा सूचीकृत गरेको भनेको सरकारको मुख्य प्राथमिकता रहेको सडक मानिन्छ । रणनीतिक सडक पछिको महत्वका साथ हेरिने सडक क्षेत्रमा पी वान, पी टु र पी थ्री, गरी ३ वटा स्तरमा हुने सडक मध्ये गुल्मीका ७३ सडकलाई पी वानमा चन्द्र भण्डारीको प्रयासले राख्न सफल भएको विभिन्न प्रमाणहरुमा भेटिन्छ ।

त्यस्तै, गुल्मीको आर्थिकको आर्थिक विकासको मेरुदण्ड मानिएको सालझण्डी पटौती खज्र्याक दूत निर्माणको काम पनि अहिले धमाधम चलिरहेको छ । निर्माणाधीन सो सडकमा खज्र्याकलाई केन्द्र विन्दू बनाईएको छ । कूल ७२ किलोमिटर रहेको सो सडक बुटवल तानसेन तम्घास सडकको बैकल्पिक बाटो हो । जुन ११० किलोमिटर रहेकोमा यो द्रूत मार्ग बनेपछि ७२ किलोमिटरमा तम्घास पुग्न सकिन्छ । यो दुईलेनको बाटो पनि चन्द्र भण्डारीले सुरुवात गरेका हुन् । जुन अहिले निर्माणाधीन रहेको छ ।

त्यस्तै, नेता भण्डारीको पहलमा तम्घासदेखि रेसुंगा करिडोरमा ११ करोड रकम अहिलेसम्म विनियोजित भईसकेको छ भने तम्घासदेखि पुर्कोटसम्मको लागि ६० करोड ६ लाख रकम विनियोजन भईसकेको छ । तम्घासदेखि रेसुंगासम्मको सडकको लागि १८ करोड र तम्घासदेखि नेटासम्मको सडकको लागि १० करोड विनियोजन भईसकेको छ ।

त्यस्तै, भण्डारीको पहलमा अहिले रुद्रवेणी वामी सडकको कालोपत्रेको लागि अहिलेसम्म ७८ करोड रुपैयाँ विनियोजन भईसकेको छ । यस बाहेक पनि भण्डारीको पहलमा भएका सडक निर्माण र त्यसको लागि विनियोजन भएका सडकहरुमा रिडीदेखि रुद्रवेणीसम्मको सडकको लागि ६ करोड ५५ लाख, चोरकाटेदेखि शान्तिपुरसम्मको सडकको लागि १० करोड, खैरेनीदेखि भार्सेसम्मको सडकको लागि २३ करोड, तम्घासदेखि सन्धिखर्क हुँदै प्यूठानसम्म १० करोड, तम्घासदेखि भाडगाउँदेखि ढोरपाटनसम्मको ११ करोड विनियोजन भईसकेको छ भने अन्य सहायक सडकको लागि २० करोड भन्दा बढी बजेट विनियोजन भईसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ