arrow

मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा !

जातीय संकीर्णता र धार्मिक कट्टरता दबाइयो तर राजनीतिलार्इ सकिएन

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
madhya_youg.jpg

काठमाडौं । नेपालको इतिहासमा मध्य काललाई पूर्व र उत्तर मध्य काल गरी दुई भागमा विभाजन गरिएको छ। पूर्व मध्य कालको समयमा आठौँ शताव्दीदेखि पन्धौँ शताब्दी र त्यसपछिको आठौँ शताब्दीसम्मको समयलाई उत्तर मध्य काल मानिएको छ । यो समय कान्तिपुर उपत्यकामा तीनवटा मल्ल राजाहरु कायम भए ।

त्यस्तै गरी पश्चिम कर्णाली क्षेत्रमा बाइसे र गण्डकी क्षेत्रमा चौविसी राज्यहरु एवम पूर्वमा दुई र दक्षिणमा एक सेन राज्यमा नेपाल विभाजित थियो । यसरी मध्यकालमा नेपालमा पचासभन्दा बढी राज्यहरु अस्तित्वमा रहेका थिए । ती राज्यहरुमा राजतन्त्रात्मक व्यवस्था भए तापनि भौगोलिक अवस्थिति,  जातीय विविधता, आर्थिक अवस्था, सांकृतिक इतिहास आदिको कारणले गर्दा विविध प्रकारका प्रशासनिक र अन्य विधि विधानहरु अङ्गीकार गरिएको पाइन्छ ।

मध्यकालीन नेपालमा विभिन्न राजवंशका अनेकौँ राजाले शासन गरे । समष्टिगत रुपमा मध्य काल राजनीतिक रुपमा शक्तिको होडबाजी र खिचातानीले भरिएको भएतापनि धार्मिक व्यवहार, कला कौशल,  ज्ञान बिज्ञान, विद्वता आदि क्षेत्रमा उल्ख्य प्रगती भएको थियो ।  साधारणतया राजाहरु उदार प्रवृर्तिका भएका कारणले गर्दा उपत्यकाहरुमा मल्ल राजाहरुमा यस प्रकारको विकास सम्भव भएको हो । यसका साथै राजाहरुले स्थानीय स्तरमा जनप्रतिनिधिहरुलाई ठूलो महत्व दिए । यसरी राज्यका काम कार्वाहीमा जनसहभागितालाई बढावा दिने व्यवस्था र प्रकृयाको प्रदुर्भाव भयो ।

काठमाडौं उपत्यकाको इतिहासलाई हेर्ने हो भने कतिपय राजाहरु उदार प्रकृतिको भएको पाइन्छ। यसले गर्दा बहुजातीयता, बहुधर्म र बहुभाषाले प्रश्रय पायो । जातीय सङ्कीर्णता र धार्मिक कटरताले उठ्ने मौका पाएन । फलत खस, नेवारी, अवधी,मैथिली र बंगाली भाषाले फुल्ने मौका पाए। त्यसैगरी धार्मिक क्षेत्रमा हिन्दु, बौध, इसाई, तथा इस्लाम धर्मले समान स्थान पाए । तर यसको विपरीत राजनीतिक परिदर्श्यमा भने षड्यन्त्र, होडवाजी, युद्द जस्ता अवस्था विध्यमान रहे । त्यसैले त्यतिबेलादेखि नै नेपालले जातीय संकीर्णता र धार्मिक कट्टरतालार्इ नियन्त्रणमा राख्दै आएको भएपनि राजनीति भने त्यतिबेलादेखि अहिलेसम्म पनि उस्तै छ । 

पूर्व मध्य कालको करिव एक सय पचार वर्षको अवधिको ऐतिहासिक जानकारी प्रप्त हुन सकेको छैन् । ई.स. १३८० मा जयस्थिती मल्ल राजा भए । यिनी मंल वंशको एक महत्वपुर्ण राजा हुन् । समय समयमा देखिएको राजनीतिक परिवर्तनले शासनाधिकारमा पनि अनेकौँ परिवर्तनहरु भयो । एघारौँ शताब्दीतिर एक भना वढी गद्दीका हकदारहरु भएको अवस्थामा संयुक्त रुपमा राजा हुने चलन चल्यो । राजनीतिक अस्थिरता बढ्दै गयो । यसै क्रममा उपत्यकामा देव र मल्ल दुई राजवंशको उदय अभ्युदय भयो । तिनीहरुका दरबार पनि भिन्न थिए । त्रिपुर दरबार र युथुनिमम दरवबार। यस्तै खिचातानीको फलस्वरुप डोयहरुलाई सहयोगको लागि बोलाइयो र तिनले दुई पटक आक्रमण गरे । त्यस्तै अर्को पक्षले कर्णाली प्रदेशका खस राजा रिपु मल्ललाई सैनिक हस्तक्षेपको लागि आक्रमण गरे ।

चौधौँ शताब्दीसम्ममा विद्यमान राजनीतिक अस्थिरताकै परिणाम रुवरुप शासन व्यवस्थामा तिरहुते दरवारीयाहरुको प्रभाव बढ्न थाल्यो । यस प्रकार भक्तपुरमा शरणगत कर्णाट वंशी राजा हरिसिंह देवकी रानी देवलदेवीले राजकाजमा दखल दिनसक्ने स्थिति बनाइन् । धैरै मेहनतपछि शासनमा यिनको कब्जा जम्यो । यिनकी नातिनी राजल्लदेवीसँग विवाह गराउनको लागि कर्णाट वंशी क्षेत्रीय कुलका जयस्थिति मल्ललाई तिरहुटबाट भक्तपुर ल्याइयो ।ई.स १३४५ मा यिनीहरु बिच विबाह सम्पन्न भयो ।त्यसपछि जयस्थिति मल्ल एक शक्तिशाली शासकका रुपमा देखा परे ।केन्द्रलाई मजबुत बनाउन यिनले देशको रक्षा व्यवस्थामा विशेष ध्यान दिए । एवम रितले उनले सेना संगठन र किल्लालाई मजबुत बनाए । यसको परिणाम स्वरुप देशमा शान्ति शुरक्षाको स्थिति मजबुत हुन गयो । 

यिनको उदय पछि मध्य कालको इतिहासमा नयाँ मोड आयो । अव उपत्यकामा राजनीतिक होडवाजीको अन्त्य भयो यिनले सामन्तहरु तथा क्वाठ नायक अदिलाई पनि नियन्त्रणमा राखे । राजनीतिक परिस्थिति अनुकुल बनेकाले यिनले सामाजिक क्षेत्रमा समेत सुरधार गर्ने अवसर पाए । तसर्थ यिनले सामाजिक,आर्थिक, न्यायिक,प्रशासनिक,शैक्षिक,धार्मिक आदि क्षेत्रमा सुधार गरे । यिनको सुधारहरुको नेपाली इतिहासमा ठूलो महत्व छ। यसले समाजलाई ब्यवस्थित हुन पनि मदत गर्यो ।गोपालराज वंशावलीमा यिनलाई न्यायप्रेमी,राजकोष बढाउने, लोकहितकारी, दु:खहर्ता राजा भनी प्रशंसा गरिएको छ। यिनले गरेका सुधारका कतिपय अंशहरु आजसम्म पनि प्रचलनमा रहेका छन् ।यिनले जातका आधारमा पेशाको वर्गीकरण गरे । यसपछि नेवार समाज चौसट्ठी जातमा वर्गीकृत भयो । यिनले प्रशासनलाई जनमुखी बनाउने तर्फ पनि ध्यान दिए ।

जयस्थिति मल्लपछि उनका छोराहरु संयुक्तरुपमा राजा भए । त्यसपछि यक्ष मल्ल राजा भए । यिनी अर्को महत्वपुर्ण राजा थिए ।यिनले शासन व्यवस्थालाई मजवुत बनाए एवम सुव्यवस्था कायम गराए ।यिनले राज्य विस्तार गर्नुका साथै धार्मिक सुधार, किल्ला निर्माण शिक्षाको व्यवस्था गरे र आर्थिक उन्नतीको तर्फ पनि कदम चाले ।तर यिनका छोराहरुको महत्वकाङ्क्षाको परिणाम स्वरुप उपत्यका तीवटा राज्यमा टुक्रियो ।तत्पश्चात यिनीहरुमा मनमुटाव र खिचातानी वढ्दै गयो ।गोर्खालीले उपत्यका जित्नु अघिसम्म यही स्थिती कायम रहेको थियो । राज्य विभाजनपछि अन्त्य नभए सम्म कान्तिपुरमा कुल पन्ध्र, ललीतपुरमा अठार रभक्तपुरमा तेह्र जना राणाले शासन गरे । तर त्यो समयमा शासन अस्थिर नै रहयो । त्यस्तो अवस्थाका वावाजुत कतिपय राजाहरुले अनैकौँ सुधार गरे ।यही समय रणजित मल्ल जस्ता जनप्रेमी राजा भए ।तर राजनीतिक रुपमा यिनी नितान्त अदूरदर्शी थिए। कार्कोतिर कान्तिपुरमा भने जयप्रकाश मल्ल जस्ता दूरदर्शी राजा शासनमा थिए ।

भक्तपुरका राजा रणजित मल्ल अत्यन्तै उदार र जनताको विचारको कदर गर्ने राजा थिए । ई.स. १७६२ मा भत्तपुरका राजा भएको वेलाम उनले जनतामाथि अन्याय हुन नदिन थिति बन्देज बाँधेका थिए । देशमा अनुकूल परिस्थिति नभएको अवस्थामा रणजित मल्लले भक्तपुरका चौबिसै टोलमा प्रतिनिधि डाकी राय लिने गरेको कतिपय उदाहरणहरु छन् । ती चौबिस टोलका नाईके नै जनप्रतिनिधिको रुपमा काम गर्दथे । यिनले आफ्ना उत्तराधिकारी छान्ने क्रममा भित्रिनी रानीबाट विरोध भइ कचिङ्गल  उठ्यो । यसलाई समाधान गर्न यिनले दरबारका सबै बर्गका प्रतिनिधिको भेला डाकी राय लिएका थिए । जनताको राय बमोजिम रानीको विरोधका बावजुद विबाहिता रानीवट्टिका छोरालाई नै उत्तराधिकारी घोषित गरे। यसै गरी गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु जयप्रकाश मल्ल र तेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरुको भेला डाकी उनीहरुकै राय बमोजिम तिनीहरुलाई सरण दिएका थिए ।

मध्यकालीन समयमा राजा र प्रजा बिच आत्मीय सम्बन्धको आदर्श विध्यमान थियो । शासन चलाउँदा प्रजाको हितमा ध्यान राखिन्थ्यो । जनमतको कदर हुन्थ्यो । स्थानीय स्थरमा गुठी नाइके ,पञ्च समुच्चय आदिको निकै महत्वपूर्ण स्थान थियो । लिच्छवि कालमा पाञ्चली अन्तर्गत जनताहरु संगठित थिए ।शासन व्यवस्थामा पाञ्चलीको महत्वपुर्ण भुमिका रहेको थियो । यस्तै प्रकारको प्रणाली मध्य कालमा पनि बिकसित हुदै गयो । शहरी क्षेत्रमा टोल टोलमा पञ्चायतको व्यबस्था गरियो । पहाडी इलाकामा ग्राम क्षेत्र बनाइयो । त्यँहापनि पञ्चायतको व्यवस्था गरियो ।यसैको माध्यमबाट समस्या निराकरण गर्ने र माथिल्लो तह सम्म सम्वन्ध राख्ने गरिन्थ्यो । यो अवस्था मध्य कालको महत्वपुर्ण प्रशासनिक व्यवस्था थियो । साना ठाउँमा पजापञ्चले नै सुरक्षा दिने र सेनाले गर्ने कार्य समेत गर्दथे । प्रजापञ्च स्थानीय तहमा मात्रै नभइ राजकाजमा समेत प्रभाव पारेको थियो । महत्वपुर्ण निर्णयमा प्रजापञ्चको पनि भुमिका रहन्थ्यो । यिनीहरु तत्कलिन समयमा जनप्रतिनिधि थिए । 

मध्य कालमा यस्ता पञ्चायतलाज्ञ पञ्चससमुच्चय भनिन्थ्यो । यसको सभालाई पञ्च कचहरी भनिन्थ्यो । पञ्चससमुच्चयबाट पाँचजनालाई प्रतिनिधि छानेर पञ्चकचहरीमा पठाइन्थ्यो । यसरी छानिएर गएका प्रतिनिधिलाई पञ्चप्रमान भनिन्थ्यो ।  राजाले पञ्चप्रमान मध्ये एक जनालाई प्रमुख प्रमानको जिम्मवारी दिन्थे ।प्रमुख पञ्चप्रमानलाई वृत्ति स्वरुप जग्गा दिने गरिन्थ्यो । सुरुमा जनप्रतिनिधिको रुपमा छानिने प्रथा  भए तापनि कालान्तरमा पञ्चप्रमान वंशानुगत भएका उदाहरण पनि छन् ।पञ्चप्रमानले सुररक्षा ,सुक्रिविक्र,साक्षी बस्ने,नीति तर्जुमा गरी लागु समरेत गर्ने, दण्ड सजाय गर्ने, रोजगारीको व्यवस्था गर्ने , चाडपर्व संचालन गर्ने, सार्वजनिक स्थल संरक्षण गर्ने आदि काम गर्दथ। भक्तपुरमा जनप्रतिनिधिका रुपमा टोल नाइकेहरुले कार्य गर्दथे। यिनीहरुले पञ्चप्रमान र जनतालाई सामाजिक, धार्मिक तथा देश रक्षाको कार्यमा समेत जागरुक गराउँथदथे।

देश पञ्चसमुच्चयको सभा सङ्कटको अवस्था आएमा वा विशेष निर्णय लिनु पर्ने अवस्था आएमा डाकिन्थ्यो । यसको निर्णय सर्वमान्य हुन्थ्यो । यसैका आधारमा राजाले अन्तिम निर्णय लिन्थे। यसले राजालाई लोकप्रिय बनाउनुका साथै आवस्यकता परेको बेला जनसहयोग प्राप्त गर्न सजिलो बनाएको थियो ।यसको अलाव जनप्रतिनिधिहरुले शासनमा प्रत्यक्ष भाग लिने मौका समेत पाए ।लडाइँका वेला सेनाको साथमा जनताले पनि भाग लिन्थे । बिजयी भएको अवस्थामा राजाले जनताको रुपमा काम गर्ने जततालाई पुरस्कृत गर्ने चलन पनि थियो । यस प्रकार मध्य कालमा उपत्यकाको राजनीतिक अवस्था अस्थिरताले भरिएको भए पनि  स्थानिय तहमा जनता वा जनप्रतिनिधिको भुमिका र संलग्नता महत्वपुर्ण थियो । मध्य कालमा आएर स्थानीय स्तरमा जनताको भुमिका ब्यापक बनेको थियो। 

राज्यभरि स्थानीय प्रशासनको यही भुमिका ब्यापक बनेको थियो। राज्यभरि स्थानिय प्रशासनको यही  नमुनाले प्रभावकारी ढङ्गले काम गरेको थियो ।यसैका माध्यमबाट शासनमा जनताको सहभागिता हुन्थ्यो ।यस प्रकार मध्य कालमा जनताको प्रतिनिधित्व हुन्थ्यो । उदाहरणका लागि दोलका कान्तिपुरमा गाभिनुभन्दा अगाडी देखि नै पञ्चपमानको स्थानीय प्रशासनमा महत्वपुर्ण भुमिका रहदै आएको थियो। तिनीहरु दोलखामा ज्यादैँ नै सकृय थिए। विभिन्न अभिलेख एवम ताम्रपत्रले यो कुरालाई पुष्टी गरेको छ।  दोलखाली पञ्चप्रमानको त्यहाँको मुलकोटमा हुन्थ्यो। त्यहाका पञ्चप्रमानले जग्गा,लेनदेन, अंश मुद्दा, धार्मिक मामिला तथा संस्कृति सम्बन्धी कार्य गर्दथे। यस काममा विचारी एवम मुखियाको समेत सहयोग हुन्थ्यो ।तिनीहरु विर्तावार पञ्च र ढाक्रे पञ्च गरी दुई प्रकारका हुन्थे। स्थानीय संरचनामा टोल र ग्राम गरी दुई एकाइ थिए।  त्यस बखत कान्तिपुरमा छब्बीस तथा भक्तपुर र ललितपुरमा चौबिस चौबिसवटा टोल थिए । पञ्चप्रमान र परमान टोलि वा ग्रामबाट एकजना परमान छानिन्थे । 

पञ्चप्रमान निश्चिच अवधिका लागि चुनिन्थे। तिनीहरुले प्रजापञ्चको प्रतिनिधित्व गर्दथे र तर निनीहरुको छनोट प्रक्रिया बारे भने खासजनकारी प्राप्त छैन । स्थानीय क्षेत्रका नागरीकहरुलाई  पञ्चसमुच्चय भनिन्थ्यो । यसका माध्यबाट जनताहरु संगठित थिए । यो प्रथा जनप्रथतिनिधित्वको दृष्टिले महत्वपुर्ण मानिन्छ ।मध्य कालमा उपत्यकाको स्थानीय प्रशासनमा भएको यस प्रकारको व्यवस्था कर्णाली क्षेत्रका बासी राज्य, गण्डकी क्षेत्रका चौबिस राज्य तथा पुर्वतिरका राज्यहरुमा पनि प्रचलनमा थियो। मध्य कालमा चलेको यो ब्यवस्था राजनीतिक स्वभावको नभएर विसुद्ध प्रशासनिक एकाइ थियो जहाँ जनताको उचित प्रतिनिधित्व हुन्थ्यो ।

यसै प्रकारले जनसहभागिताको ऐतिहासिक पक्ष पनि चाख लाग्दो रहेको पाइन्छ। प्राचीन कालदेखी नै विभिन्न रुपाम राज्यका कृयाकलापमा जनताको सहभागिता हुने गरेको थियो ।जनसहभागिता विशेष गरेर प्रशासन,न्याय व्यबस्था, देशको सुरुक्षा,  निर्माण कार्य,युद्दको समय, बिद्रोह दमन, धार्मिक एवम सांस्कृतिक आदि क्षेत्रमा उल्लेख्य रुपमा हुने गरेको थियो ।लिच्छवि राजाहरुले रवि गुप्ता, अंशुवर्माले पाच्चालाःई अत्याधिक अधिकार प्रदान गरेको शक्तिशाली बनाए । साथै पञ्चालीहरु स्वायत्त पनि हुँदै गए।

यस प्रकार व्यवस्था कुनै न कुनै रुपमा मल्ल कालमा पनि कायम भयो । प्रजापञ्चहरुलाई प्रोत्साहन दिने कार्य पनि अगाडि बढ्यो । कतिपय अवस्था जनप्रतिनिधिहरुलाई समेत प्रशासनमा सरिक गराईन्थ्यो । बाइसी राज्य अन्तर्गत डोटी राज्यमा जनमतको कदर हुने गरेको कुरा रिपु मल्ललाई जनताले राजा बनाएबाट थाहा हुन्छ । त्यस्तै लमजुङ र मुस्ताङमा पनि जनताको निकै कदर गरेका थिए । नियम बनाउँदा समेत जनप्रतिनिधिको राय लिने चलन चलेको थियो ।

देश रक्षा गर्नेमा जनताको सहभागिता उलेख्य थियो । सेनाको काम जनताले पनि गर्दथे । भक्तपुरमा यक्ष मल्लकै पालादेखि वैचारिक प्रतिनिधित्व र सहभागितालाई महत्व दिने चलन थियो । जनताकै सहयोगले भक्तपुरलाई किल्लाको रुपमा परिणत गरियो। किल्ला रक्षा र संरक्षणको अभिभारा जतासुकै थियो ।सत्रौँ सताव्दीमा राजा श्रीनीवास मल्लले ललितपुरका राजा रजनताले बर्ष दिनसम्म गर्नु पर्ने कर्तव्य उक्कीर्ण गरी रातो मक्षिन्द्र नाथको मन्दिरमा शिलालेख नै खाख्न लगाएको थिए । यसमा किल्लोको पर्खाल बनाउन, पुल बनाउन, राजकाजको कमाइ, लडाँइ हुदा र देशसित सम्बन्धित काममा अनिवार्य श्रपमा जनतासित झारा लिन पाइन्थ्यो । 

यस्तो काममा आटेर गर्ने वा भाग नलिनेलाई आर्थिक दण्ड गर्ने ,थुक्ने वा देश निकाला सम्म गर्न सक्ने अधिकार राजालाई थियो । यस बाहेक अरु काममा भने जनतालाई लगाउन पाइदैन थियो। ।उपत्यकाका मल्ल राज्यहरुमा स्थायी सेना धेरै नभएका कारण लडाइमा जनताले पनि सकृय भाग लिन पर्थो  र विजयको स्थितिमा राजाले तिनलाई भोज खुवाउने, गहना बकस दिने, हात्ती उपहार दिने, मागहरु पुरा गरिदिने आदि गर्दथे । यसको अलावा निर्माण कार्यमा पनि जनसहभागिता उल्लेखनीय रुपमा हुन्थ्यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ