arrow

रामेछापेली मतदाताहरुको चाहाना विकास र सम्वृद्धिको कामना

logo
वद्री नयाँघरे,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
Ramechhap-flood-victims_Khimti-Bazaar.jpg

रामेछाप । आगामि मंसिर १० गते हुन लागेको निर्वाचनको मिति नजिकिदै गर्दा रामेछापेली मतदाताहरुले जिल्लाको विकास र सम्वृद्धिमा लाग्ने व्यक्तिले चुनाव जित्नु पर्ने कामना गरेका छन् । यस अघि निर्वाचित भएका उम्मेदवारहरुले चुनावको समयमा गरेको वाचा पुरा गर्न नसकेका कारण आजित भएका उनिहरुले यस पटक भने जिल्लाको विकास र संवृद्धिमा ध्यान दिने व्यक्तिलेनै चुनाव जित्नु पर्ने कामना गरेका हुन् ।
 
दुई नगरपालीका र ६ वटा गाउँपालीका रहेको रामेछापका लागि आगमि निर्वाचनमा प्रदेश तर्फ दुई र प्रतिनिधि सभा तर्फं १ जना गरि तीन वटा सिटका लागि निर्वाचन हुन गईरहेको छ । ति तीन वटै सिटमा निर्वाचित हुने प्रतिनिधिहरु  ईमान्दार पुर्वक जिल्लाको विकासमा लाग्ने खालको हुनु पर्ने र आफुहरुले पनि त्यस्तै खालको उमेदरलाई मतदान गर्ने कुरामा पनि जोड दिएका थिए ।
 
राजनितिक दल र तिनका उम्मेदवार हरुको ईमान्दार र जनता प्रतिको जवाफदेहिलेनै जिल्लाको विकासले गति  लिने लिखु गाउँपालीका ३ का मतदाता निरोज खड्काले वताए । उनका अनुसार चुनावको समयमा उम्मेदवारले दर्जनौ किसिमका वाचा गरेका छन । डायरीमा समेत टिपोट गरेको वाचालाई निर्वाचनवाट जितेर गएपछि सोहि आधारमा पुरा गर्नका लागि उनिहरुको क्रियाशिलता भएमा जिल्लाको विकासले गति लिने पनि उनले वताए ।

विकास निर्माणसंगै संविधान सभाले जारी गरेको नयाँ संविधानलाई पनि ईमान्दार पुर्वक कार्यान्वयन गर्न सक्ने खालको आफनो उम्मेदवारनै भोलीको जनप्रतिनिधि हुनु पर्ने भन्दै आफुहरुले पनि सोहि अनुसारको व्यक्तिलाई मतदान गर्ने मतदाताहरुको भनाई रहेको छ । ९० वटा मतदान स्थल र १ सय ९१ वटा मतदान केन्द्र रहेको रामेछापमा यस पटक १ लाख ५२ हजार ५ सय ५९ जना मतदाता रहेका छन् । जुन स्थानिय तहको निर्वाचनको भन्दा १७ हजार ९ सय ३९ जनाले वढि हो ।

जिल्लाको अधिकांश स्थानमा खानेपानी र सडकको समस्या रहेको स्मरण गर्दे उनिहरुले यसको समाधानका लागि पनि कृयाशिल हुने व्यक्तिनै आफुहरुको जन प्रतिनिधिको रुपमा निर्वाचित हुनु पर्ने कुरामा जोड दिएका थिए । लोकतन्त्रको स्थापना पछि पनि मतदाताहरुका चाहनाहरु पुरा हुन नसकेकोमा चिन्ताव्यक्त गदै उनिहरुले आगामी निर्वाचनमा त्यहि खालको व्यक्तिलेनै जित्नु पर्ने कुरामा जोड दिएका थिए ।   

 निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम वाहेकका सवै तयारीलाई अन्तिम चरणमा पुर्याएको  छ । कार्यालयका अनुसार केन्द्र वाट सवै निर्वाचन सामाग्री पनि आईसकेको र त्यसका आन्तरिक व्यवस्थापनमा समेत कार्यालय लागि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ