arrow

चुनाव लगतै मधेश सरकार घोषणा गर्छु : उपेन्द्र यादव

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
upendra2.jpg

महोत्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपालको गठबन्धनले बहुमत ल्याए प्रदेश न. दुईमा मधेश सरकार घोषणा गर्ने बताएका छन । फोरम नेपाल र राजपाको चुनावी गठबन्धनले बहुमत प्राप्त गरे चुनाव सकिएको एक महिना मैं मधेश सरकार गठन गर्ने दाबी गरेका हुन ।

महोत्तरीको क्षेत्र न. १, रामनगर बिर्तामा शनिबार फोरम नेपाल र राजपाका उम्मेदवारहरुले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यादवले प्रदेश दुईमा आफूहरु भारी बहुमतले विजयी हुने दाबी गरेका छन ।

वाम गठबन्धन र कांग्रेसको झूठा आश्वाशनमा नपर्न उनले आम मतदातालाई सचेत समेत गराएका छन । 'कांग्रेस, एमाले र माओवादीले मधेशकै मतले मधेशमाथि अन्याय तथा शोषण गरेका छन । अधिकार प्राप्तिका लागि मधेशका सचेत हुन जरूरी छ'- अध्यक्ष यादवले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ