arrow

जनतालाई दु:ख पर्दा काठमाडौंमा रमाउनेले चुनाव जित्दैनन् : शाह

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
rajib.jpg

रुकुम। जाजरकोटममा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका सदस्यका उम्मेदवार राजिवविक्रम शाहले  प्रचार प्रसारको कार्यक्रमलाई तिव्रता दिएका छन् । चुनावि सभा, घरदैलो लगाएका कार्यक्रम मार्फत मतदातासँग भेटघाट गरेर चुनावि कार्यक्रमलाई तिव्रता दिएसँगै जाजरकोटको माहोल निकै तातिएको छ । बाम गठबन्धनको तर्फबाट पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतसँग चुनावि मैदानमा उत्रिएका शाहले आफुले जित्ने निश्चित रहेको दावि गर्दै आएका छन् । अरुले पदको लागि विभिन्न दलहरु सँग गठबन्धन गरेपनि आफुले भने जाजरकोटी जनताको सेवा गर्नको लागि यहाँका जनतासँग गठबन्धन गरेको बताए ।

विपन्नलाई विभिन्न समयमा सहयोग गरेर तथा गाउँमा केहि विपद् हुन वित्तिकै आफै गाउँमा पुगेर सर्वसाधारणलाई सहयोग गरेपछि निकै चर्चा कमाएका शाहले आफुलाई जाजरकोटी जनताले फेरी सेव गर्ने मौका दिने दावि गरेका छन् । जनतालाई दुःख पर्दा काठमाडौंमा रमाएर बस्नेले चुनाव जित्न नसक्ने उनको भनाई छ । बाम गठबन्धका उम्मेदवार प्रति संकेत गर्दै उनले चुनाव जितेर जनतालाई समस्या पर्दा काठमाडौंमा रमाउनेले कसरी फेरी चुनाव जित्छन् ? भन्दै प्रश्न गरे। मैले यहाँका जनतालाई केहि समस्या हुन वित्तिकै आफै गाउँमा आएर सेवा गरेको छु त्यसैले पनि यहाँका जनताले मेलाई जिताउछन उनले भने।

शाहले जाजरकोटमा २०६६ सालमा फैलिएको झाडापखाला र २०७२ सालमा फैलिएको स्वाइनफ्लुको समयमा औषाधि सहित काठमाडौंबाट आफ्नै खर्चमा हेलिकप्टरमा विशेषज्ञ सहित डाक्टरहरुको टोली ल्याएर आफै गाउँ गाउँमा पुगेर विरामीको उपचार गरेको थियो ।

शाहले २०७१ मंसिर र २०७३ फागुनमा भएका बस दुर्घटनामा घाइते भएकाहरुलाई आफ्नै खर्चमा हेलिकप्टरमा लिएर नेपालगञ्ज लगायतका ठाउँमा उपचार गराएका थिए  । यसकारण पनि शाह जाजरकोटमा लोकप्रीय बन्दै गएका हुन् ।  यसका साथै शाहले विदेशी डाक्टरहरुको सहभागीता गराएर बेला बेलामा जाजरकोटका गाउँमा स्वास्थ्य शिविर सञ्चाल गरेर सेवा प्रदान गरेका कारण पनि उनका सर्वसाधारणले शाहलाई मत दिने उनीका नजिकका व्यक्तिहरुले बताउने गरेका छन् ।

यो भन्दा पहिले भएको दोस्रो संविधानसभाको निर्वाचनमा जाजरकोट साविक निर्वाचन क्षेत्र नम्बर १ बाट बस्नेत र  क्षेत्र नम्बर २ बाट शाह निर्वाचित भएर संविधान सभा तथा संसदमा एकै ठाउँमा बसेर काम गरेका थिए ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ