arrow

काठमाडौँ ७ मा लोकतान्त्रिक गठबन्धन होमियो चुनावमा

दुई हजार एक जनाको परिचालन समिति र बाह्र उपसमिति रहने

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
congress-7.jpg

काठमाडौँ । लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सबै क्षेत्र समेटेर चुनाब परिचालन समिति बनाउदै निर्वाचनमा होमिएको छ । शनिबार लोकतान्त्रिक गठबन्धनको भेलाले दुई हजार एक जनाको मुल चुनाब परिचालन समिति र त्यससँगै अन्य बाह्र उपसमिति बनाउदै गठबन्धन चुनाबमा होमिएको हो ।

 लोकतान्त्रिक गठबन्धनले काठमाडौँ ७ मा प्रतिनीधिसभातर्फ राप्रपाका बिक्रम बहादुर थापालाई उम्मेद्वार बनाएको छ भने प्रदेश (क) र (ख) मा नेपाली कांग्रेसका बिजय बहादुर माली र धर्मराज अर्याललाई उम्मेद्वार बनाएको छ । निर्वाचन परिचालन मुल समितिको संयोजकमा नेपाली कांग्रेस काठमाडौँ ७ का क्षेत्रिय सभापति मुकुन्द रिजाल रहेका छन् । भने उपसंयोजक राप्रपा केन्द्रिय सदस्य उद्धव थापा रहेका छन् ।

यसैगरी अनुगमन निर्देशन उपसमिति संयोजक शुदर्शन आचार्य , बुद्धिजिवी समन्वय तथा परिचालन उपसमिति संयोजक प्रा रामेश्वर उपाध्याय, चुनाबी प्रचारप्रसार उपसमिति संयोजक शुशिल भट्ट रहेका छन् । यस्तै स्वयंसेवक परिचालन उपसमिति संयोजक सुरेन्द्र श्रेष्ठ, प्रचार सामग्री उत्पादन तथा वितरण संयोजक पुरुषोत्तम गजुरेल , महिला परिचालन उपसमिति संयोजक मञ्जु श्रेष्ठ, आर्थिक उपसमिति संयोजक नविन मानन्धर, अन्तरपार्टी समन्वय उपसमिति संयोजक शृजना बुलाकोटी र कानुनी राय समन्वय उपसमिति संयोजक सिताराम केसी रहेको निर्वाचन परिचालन समितिका सदस्य राजिव श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकमा काठमाडौँ ७ बाट प्रमिलासिंह डंगोललाई अगाडी सारेको छ भने प्रदेशमा अञ्जुसिंह चौधरी , कमलाराज भण्डारी र सिताराम केसीलाई अगाडी सारेको छ । यस्तै राप्रपाबाट प्रतिनिधीसभातर्फ आशा लामा र प्रदेशतर्फ सरस्वती केसी अधिकारी समानुपातिक उम्मेद्वार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ