arrow

डोटीमा विशेषज्ञ डाक्टर नहुँदा पनि स्वास्थ्य सेवा सुधारोन्मुख

logo
गणेश मौनी,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
dho_doti.jpg

डोटी । नेपाल सरकारले पदपुर्ति गर्ने दरबन्दी अनुसार विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि जिल्ला स्वास्थ्य कार्यालय डोटीमा दरबन्दी अनुसारका डाक्टर नभएपनि पछिल्लो समयमा स्वास्थ्य सेवाको अवस्थामा सुधार आएको देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार  पछिल्लो समयमा डोटी जिल्लाको स्वास्थ्य सेवाको अवस्थामा सुधारोमुख देखिएको तथ्याङ्कले बताएको हो । प्रस्तुत तथ्याङ्क अनुसार गत विगतका वर्षहरुमा भन्दा गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो चौमासिक सम्म कुपोशित बालावालिकाको अवस्था र झाडापाखाला लगायतका रोगका विरामीहरुको संख्यामा कमि देखिएको छ भने भिटामीन ए र जुकाको औषधि खाने, स्वास्थ्य संस्थाहरुमा प्रसुती गर्नेको संख्यामा पनि वृद्धि भएको देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय डोटी प्रमुख सतिश विस्टले जिल्लामा दरबन्दी अनुसारको जनशक्ति छैन डोटीमा १ जना एमडिजीपी नवौं तहको दरबन्दी र ३ जनाको मेडिकल सुपरडेन्ट आठौं तहको दरबन्दी भएपनि आठौ‌ं तहको १ जना मात्र डाक्टर रहेको भएपनि  पहिलेको भन्दा अहिले धेरै कुरामाहरुमा स्वास्थ्य सेवामा सुधार आएको बताए । उनले भने पहीले सामान्य कुराहरु सरसफाई पानी, औषधि अभावका कुराहरु र नयाँ उपकरणहरु लगायतका कुराहरुमा सुधार हुदा विरामीको चापमा पनि वृद्धि भएको बताए । 

जिल्ला अस्पतालका डोटीका एम डि जीपी डाक्टर ग्रिस अवस्थीले दरबन्दी अनुसारको जनशक्ति नभएपनी स्वास्थ्य सेवाको गुणस्तरमा सुधार भएको बताए । उनले भने जिल्ला अस्पतालमा पहिले विरामीहरुको न्यून उपस्थिती थियो तर हाल स्वास्थ्य सेवामा केही सुधार हुदा डोटी जिल्लाका मात्र नभई सुदुरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डडेलधुराबाट पनि उपचार गर्न आउने गरेको बताए । 

डोटीमा १ जना नबौ तहको एम वि जिपी डाक्टर हुनुपर्नेहो तर छैन । लोकसेवा बाट हाल सम्मको रेकर्ड नभएको बताए । तथ्याङक गत रुपमा हेर्दा होस वा ब्यवहारीक रुपमा हेर्दा विरामीहरुको चाप ह्वात्तै बढेको छ । डाक्टर ग्रिस अवस्थी नबौ तहको एम वि जिपी डाक्टर भएपनी उनी नेपाल सरकार मार्फतका नभई आईपास नामक संस्थाबाट जिल्ला अस्पतालमा कार्यरत हुन्   स्वास्थ्य मन्त्रालयले गरेको मुल्याङकन अनुसार डोटी न्यूनतम सेवा मापढण्ड अनुसार गत वर्ष ५९ बाट बढेर यस ६८ प्रतिशत पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ