arrow

शिखरको जुत्ता चप्पल सस्तोमा पाइने आज अन्तिम दिन, क्रेजी सेल मेला सकिदै

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
shikhar_shoe_mela.jpg

काठमाडौं। उपभोक्ताको अत्यधिक माग पछि दुई दिन बढाइएको शिखर क्रेजी सेल मेला आजबाट समापन हुँदै छ। कार्तिक ६ गतेदेखि भृकुटीमण्डपमा शुरु भएको मेला उपभोक्ताको माग पछि थप दुई दिन बढाइएको थियो। 

शिखर सुजका अध्यक्ष तथा प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले शिखर सुजको इतिहासमा अत्यन्तै सफल मेलाको रुपमा यो क्रेजी सेल मेला सञ्चालनमा आएको जानकारी दिए। शिखरका तर्फबाट दिइएको अपत्यारिलो अफरपछि उपभोक्ताहरुले सिखरको जुत्ता चप्पल दिल खोलेर किनेको उनले बताए। 

उपभोक्ताको माग र चापलाई ध्यानमा राखी मेला दुई दिन विस्तार गरेपनि आइतवार भने समापन हुन लागेको उनले बताए।

यो सिजनमा शिखरको जुत्ता चप्पल सस्तोमा पाइने मेला आइतवार सकिने जनाउँदै प्रसाईले जुत्ता चप्पललको आवश्यकता भएका उपभोक्तालाई मेलामा आएर मौकाको फाइदा उठाउन आग्रह गरे। 

शिखर सुजको मेला शुरु भएको केहि दिनबाट नै उपभोक्ताको चाप ह्वात्तै बढेको थियो। उपभोक्ताको यहि चापलाई मध्यनजर गर्दै मेलाको अवधी २५ र २६ दुई दिन थपिएको थियो।

विहान ८ बज्नु अघी देखिनै मेलामा उपभोक्ता आउन थाल्ने तथा सााझ ७ वजेसम्म पनि किन्न आउनेहरु हुने गरेको मेलाको अनुभव सुनाउँछन शिखरको मेलाकको काउण्टरमा भेटिएका राजु उप्रेती। 

कार्यालयको काम र समय मिलाएर अत्यधिक शिखर सुजका पारखीहरु मेलामा आएको अनभव उप्रेतीले सुनाए। 

सिंहदरवारबाट दिउँसोको सयममा आफ्नो लागि जुत्ता किन्न आएका सन्दिप पौडेल हुन वा कान्तिपुर सिटी कलेजका प्राध्यापक राजु कट्टेल हुन आकर्षक मूल्यमा जुत्ता चप्पल पाएपछि परिवारका सबैलाई किनेर फर्किएका भेटिन्थे। 

यस्ता धेरै उपभोक्ताको कारण शिखर सुज नम्वर १ फुटवेयर व्राण्ड भएको प्रसाई सुनाउँछन्। 

एउटै ब्रान्डका ४ सयभन्दा बढी प्रकारका जुत्ता–चप्पलबाट ग्राहकले छानी–छानी आफूलाई मन परेका आइटम किन्न सक्ने भएपछि शिखर क्रेजी सेल मेलाको आकर्षण आम उपभोक्तामाझ  ह्वात्तै बढेको हो। 

१ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मको जुट्टा चप्पल पाइने मेलामा स्पोर्टस सुज र लेदर सुज अत्यधिक छुटमा पाइएको छ। 

३९ र ४० नम्वरको स्पोर्टस सुज र लेदर सुज छानी छानी अझै पनि ५ सयमा लिन सक्ने उनले बताए। 

नेपालको नम्वर वान फुटवेयर व्राण्ड शिखर सुजले जाडो मौसमलाई लक्षित गरेर काठमाडौंमा शिखर क्रेजी सेल मेला शुरु गरेको हो। 

अपत्यारिलो अफर लिएर शिखरले शुरु गरेको क्रेजी सेल मेलामा सय रुपैयाँ माथिका चप्पल जुत्ता धमाधम विक्रि भएको छ। 

शिखर सुजका प्रवन्ध निर्देशक प्रसाईले ५ सय भन्दा वढी डिजाइनका जुत्ता चप्पलहरु मेलामा राखिएको बताए। 

२० दिनदेखि सञ्चालनमा आएको मेलामा जाडोका लागि लक्षित कपडा तथा  छालाका जुत्ता चप्पलहरु राखिएको छ। 

निर्देशक प्रसाईंका अनुसार मेलामा जाडोमा लगाइने कपडा तथा स्पोर्ट्स सुजमा सबै उमेरका ग्राहकको आकर्षक देखिन्छ । 

यस क्रममा युवाहरूले क्याजुअल सुज बढी मन पराइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ