४०० जनाको सामुहिक चिहान भेटियो

प्रकाशित मिति : २०७४ कार्तिक २६ आइतबार , १,४८२ पटक हेरिएको
तस्वीर – एजेन्सी

किरकुक । ईराकको किरकुक प्रान्तमा ४०० जनाको सामुहिक चिहान भेटिएको छ ।

इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो । 

किरकुक प्रान्तका गभर्नर रकानले उक्त चिहानमा आइएसका लडाकुहरु रहेको बताए । 

मृतकहरुले लडाएको पोशाक आइएसको पोशाक हो । 

केही सर्वसाधारण पनि परेको उनले बताए । 

गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो ।

Map of Iraq showing Hawija and Baghdad

नयाँ