arrow

लोकतान्त्रिक उमेद्वारहरुलाई जिताउन जुटे रसुवाका महिलाहरु  

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
rasuwa-women-eletion-campaign.jpg

रसुवा । नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक उम्मेद्वारलाई विजयी गराउन महिलाहरुले विशेष भेला आयोजना गरेका छन् ।

आगामी मंसीर १० गते हुन लागेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन महिलाहरु लागेका हुन् ।

महिलाहरुले आज आयोजना गरेको वृहद भेलामा समग्र रसुवाको विकासका लागि प्रतिनिधी सभाका उम्मेद्वार विकासप्रेमी नेता इन्जिनीयर मोहन आचार्यको खाँचो रहेको भन्दै आगामी निर्वाचनमा लोकतान्त्रिक भोट दिन सबैलाई आग्रह समेत गरेका छन् ।

यस्तै प्रदेश (क)मा प्रभात तामाङ र प्रदेश (ख)मा प्रभात तामाङ उम्मेद्वार हुनुहुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ