arrow

यु–१९ युथ एसिया कप क्रिकेटः नेपाल र भारतको खेलमा वर्षा भिलेन

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
nepal-india-u-19.JPG

क्वालालम्पुर । यु–१९ युथ एसिया कप क्रिकेटमा वर्षा भिलेन बनेको छ । नेपाल र भारत भिडिरहेका बेलामा वर्षाले गर्दा खेल रोकिएको हो । 

मलेसियाको बेयुमास ओभल मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको अवस्थामा २०.५ ओभर खेल्दा खेल रोकिएको थियो । 

नेपालले ढिलो गतिमा रन जोड्ने क्रममा २ विकेटको नोक्सानीमा ५२ रन जोडेको छ । 

ओपनर जितेन्द्र सिंह ठकुरी ६८ बलमा २५ रन बनाएर नटआउट छन् । कप्तान दिपेन्द्र सिंह ऐरी ३३ बलमा १३ रन बनाएर ठकुरीलाई साथ दिएका छन् ।

 आसिफ शेख १३ बलमा ३ तथा अनिल शाह १२ बलमा ६ रन बनाएर आउट भए । 

फेरि खेल सुरु भएको छ । 

नेपालले पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हारको सामना गर्नुपरेको थियो भने भारतले आयोजक मलेसियालाई २०२ रनले हराएको थियो । 

डिफेन्डिङ च्याम्पियन विरुद्ध नेपाल कत्तिको डटेर खेल्छ हेर्न बाँकी छ । 

यो खेलमा जित हासिल गरे नेपालको क्रिकेट स्तर बढ्नेमात्र  मात्र होइन यो प्रतियोगिताको सेमिफाइनलमा पुग्नसमेत ठूलो मद्धत गर्नेछ । 

यो खेलमा हारको सामना गर्दा नेपाल मलेसियासंग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने लगभग पक्का हुनेछ । 

अर्को समुहमा श्रीलंका शिर्ष स्थानमा छ भने अफगानिस्तान दोस्रो स्थानमा छ । पाकिस्तान र युएईले अंक जोडेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ