arrow

कैलालीको ढकेनीमा बस दुर्घटना, ३ को मृत्यु, ४२ घाइते

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
accident-final.jpeg

कैलाली । कैलालीको ढकेनीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

बैतडीबाट महेन्द्रनगर जाँदै गरेको बस ढकेनीमा दुर्घटनाग्रस्त भएको हो । 

मृतक सबै महिला हुन् । 

ना ७ ख २७२३ नम्बरको बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । 

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

केहीको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ