बागदरबारदेखि सभागृहसम्म विद्यासुन्दरलाई जिस्क्याउने १० तस्वीरहरु 

प्रकाशित मिति : २०७४ कार्तिक २६ आइतबार , ११,८८६ पटक हेरिएको
तस्वीर: चन्द्रमणि भट्टराई र हाम्राकुरा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको केन्द्रमा रहेको सडक र त्यसको व्यवस्थापनको बारेमा निरीक्षण गर्नको लागि महानगरपालिकाको कार्यालय बागदरबारदेखि राष्ट्रिय सभागृहसम्म पैदल निरीक्षण गरेका छन् । आईतबार विहान करिब १ घण्टा भएको सो निरीक्षणका क्रममा मेयर शाक्यले आफ्नै अगाडि धेरै गैरकानूनी कामहरु भएको भेटियो । 

मेयर शाक्यले तत्कालै सम्बन्धित पक्षलाई सोही ठाउँबाट निर्देशन दिएका छन् । सबैभन्दा पहिले मेयर शाक्यले काठमाडौंको सुन्धारामा रहेको विरुवा संरक्षण गर्ने रिङलाई ट्याम्पोले हानेर भत्काईदिएको दृश्य देखे । उनले त्यो कसले गरेको हो तत्कालै कारबाही गर्नको लागि भनेर सम्बन्धित पक्षलाई निर्देशन दिए । त्यसपछि सुन्धारामा तीन लेनसम्म गाडी पार्किङ गरेर राखिएको देखे । पछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यो ट्राफिक प्रहरीले आफूहरुलाई सहयोग नगरेको बताए । 

त्यसपछि उनले भोटाहिटीमा ढल फुटेको ठाउँमा आफूले ५ पटकसम्म निर्देशन दिँदा पनि त्यहाँको ढल किन बनेन भन्दै सम्बन्धित महाशाखा प्रमुखसँग स्पष्टीकरण सोधे ।  
Image may contain: sky, car and outdoor

Image may contain: one or more people, people standing and outdoor

Image may contain: outdoor

Image may contain: sky, tree, grass, cloud, plant, outdoor and nature

Image may contain: 6 people, people smiling, people standing, tree, crowd and outdoor

Image may contain: sky and outdoor

 

नयाँ