arrow

बेलडाँडीमा जुरमुरायो काँग्रेस

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
kanchanpur_beldangi.jpg

बेलडाँडी, कञ्चनपुर । आसन्न निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन बेलडाँडी काँग्रेस कार्यकर्ता हौसिएका छन् । मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा शाख जोगाउदै काँग्रेसलाई भारी बहुमतले जिताउन बेलडाँडी काँग्रेस कार्यकर्ताहरु एकजुट भएका हुन। 

निवर्तमान साँसद तथा प्रतिनिधि सभाका उम्मेदवार दिवानसिह बिष्ट सम्मिलित कार्यकर्ता भेलामा समर्थकहरुले काँग्रेसलाई जिताएरै छाड्ने उद्घोष गरेका छ्न् । नेपाली काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशी भन्छन 'यो काँग्रेसको आधार ईलाका हो यहाँ काँग्रेस बाहेक अरुले जित्न सक्दैन । काँग्रेसको जित सुनिस्चित बनाउन नेबिसंघ,तरुण दल,महिला संघ लगायतका सबै भातृसंगठन परिचालन गरिने छ ।' 

नेपाली काँग्रेस बेलडाँडीद्वारा चवन्नी बजारमा आयोजित कार्यक्रममा सहभागी नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य जनक सिंह धामीले भने 'बाम गठबन्धनका नाममा जति सुकै प्रचार गरे पनि बेलडाँडीकै मतबाट काँग्रेस बिजयी हुने निश्चित छ।' बाम गठबन्धन सफल हुनै नसक्ने भएकाले काँग्रेस उम्मेदवारको जित सुनिस्चित भएको सहभागी काँग्रेस कार्यकर्ताहरुले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ