arrow

सिएनएन हिरो तथा समाजसेवी अनुराधा कोइराला काँग्रेसमा प्रवेश, काँग्रेसलाई मतदान गर्न गरिन अपिल

अनुराधा कोइराला भन्छिन, ' देशको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव '

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
anuradha-koirala-sher-bahadur.jpg

काठमाडौं। समाजसेवी तथा सिएनएन हिरो अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । लोकतान्त्रिक गठवन्धनमा समाजका विभिन्न पक्षका हस्तीहरु जोडिने क्रमसँगै कोइराला पनि काँग्रेसमा आएकी हुन्। 

बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच  आईतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई पार्टीमा स्वागत गरेका हुन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कोइरालालाई स्वागत गरे।

तीन दशकदेखि चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरेकी हुन् ।

‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भनिन, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउर्दै लोकतन्त्रलाई थप वजवुत गराउन सबैलाई काँग्रेसमा मतदान गर्न पनि आब्हान गरिन् ।

‘म सबैमा लोकतन्त्रलाई स्विकार गरि सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु’ -कोइरालाले भनिन् ।

कोइरालाले अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताइन् ।

‘अव जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’ कोइरालाले भनिन्, ‘त्यसैले संविधान कार्यन्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ