arrow

आइएसको कब्जाबाट मुक्त हुदैँ इराक

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
ieas.jpg

बग्दाद । इस्लामिक स्टेट (आइएस)ले केही वर्षदेखि कब्जा गरेर आफ्नो नियन्त्रणमा राखेका इराकी विभिन्न सहरहरुमध्ये अन्तिम अथवा बाँकी रहेको एकमात्र सहर रावा पनि फिर्ता गर्दैछ । 

आइएसको कब्जाबाट फिर्ता गर्न बाँकी रहेको अन्तिम सहर रावाबाट पनि उसलाई हटाएर सरकारी नियन्त्रण कायम गर्नका लागि इराकी सेनाले शनिबारदेखि कारबाही थालेको छ । 

इराकी सेनाले जनाएअनुसार गत सातामात्र पनि उसले साता अल कायम भन्ने ठूलो नगरमा आइएसको नियन्त्रण नरहेपछि अब रावा र केही साना क्षेत्रमामात्रै उसको पकड छ । 

रावा सहरलाई फेरि नियन्त्रणमा लिन शनिबारदेखि इराकी सेनाले कारबाही सुरु गरेको इराकी सेनाले जनाएको छ । 

यो पछिल्लो इराकी सैन्य कारबाही सम्पन्न भएपछि जिहादी समूहलाई इराकबाट पूर्णरुपमा हटाउने र उनीहरुको पराजयको घोषणा गरिने छ । 

इराकी सेनाको स्थलगत सैन्य समूहहरु कारबाहीमा संलग्न रहेका छन् । बताइएअनुसार ती दुई सैन्य समूहले शनिबारदेखि रावा सहरका प्रमुख भू–भागहरुमा धावा बोलिरहेका छन् । 

उनीहरुलाई हवाई सेनाको लडाकू विमानहरुले पनि सहयोग गरिरहेको जनाइएको छ । रावा इराक र सिरियाको सीमामा पर्ने एक हो । उक्त सहरलाई आइएसले स्वघोषित प्रान्तका रुपमा लिएको थियो । 

इराकमा आइएसको प्रवेश भएपछि नै सिरिया र इराकबीच उसका लडाकूको आवतजावत र हात हतियारको ओसारपोसारका लागि पनि यस सहरको प्रयोग हुने गरेको थियो । 

इराकी सुरक्षा फौजको भनाइअनुसार आइएसलाई इराकमा पहिले उसले नियन्त्रणमा लिएका क्षेत्रहरुबाट धपाइ सकिएको छ । 

उनीहरुले सुरुमा इराकी सहरहरु आफ्नो नियन्त्रणमा लिँदा करिब ४४ लाख इराकी नागरिक उनीहरुको शासनमा परेका थिए । अहिले ती सबैलाई स्वतन्त्र बनाइएको छ । 

पछिल्लो समयमा इराकबाट आइएसको शासनको अन्त्यका लागि अमेरिकाले नेतृत्व गरेको गठबन्धन सेनाले कारबाही थालेको थियो । तर अहिले पछिल्ला समयहरुमा भने इराकी सेनाले आफै कारबाही गर्ने गरेको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ