arrow

यु–१९ क्रिकेट : टेष्ट मान्यता प्राप्त भारत ढल्यो, कप्तान दिपेन्द्रले देखाए जादु

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
dipendra_ckt.JPG

काठमाडौं । टेष्ट मान्यता प्राप्त भारतलाई हराएसँगै नेपाली युवा क्रिकेट टाेलीले मलेसियाबाटै सुखद सन्देश पठाएको छ । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त भारतलाई हराएर सुखद सन्देश पठाएको हो ।

व्यवस्थापन विवादले डढेको नेपाली क्रिकेटलाई मलेसिया भ्रमणले एकपटक फेरि चर्चामा ल्याएको छ । नेपालले कुनै पनि तहमा भारतलाई जितेको यो नै पहिलो पटक हो । यो ऐतिहासिक सफलता दिलाउन १९ वर्ष मुनिको टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले महत्वपूर्ण योगदान गरे ।

१७ वर्षीय दिपेन्द्रले भारतविरुद्ध अलराउण्ड प्रदर्शन मात्रै गरेनन् । नेपाली युवा टोलीलाई अब्बल सावित गरे । उनले भारतविरुछ सर्वाधिक ८८ रन बनाए । १०१ बल खर्चिएका २ छक्का र ६ चौका प्रहार गरे । एक छेउबाट निरन्तर विकेट पतन भइरहेको अवस्थामा दीपेन्द्रले अर्को छेउबाट नेपालको इनिङ् थामिरहे ।

व्याटिङ मात्रै गरेनन् उनले, किफायति बलिङ पनि गरे । उनी एक्लैले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ३९ रन खर्चिए ।

दिपेन्द्रले १ पटक राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । उनले गएको मार्च ११ कीर्तिपुरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेका थिए । केन्याविरुद्ध उनले १९ रन बनाएका थिए । यस्तै, अक्टुबर १३ मा हङकङविरुद्ध समेत उनले खेलका थिए ।

हङकङविरुद्धको खेलमा भने उनले खासै अंक जोड्न सकेनन् । उमेर समूहमा उनले अहिलेसम्म मलेसिया, अफगानिस्तान, हङकङ सिंगापुरविरुद्ध खेलिसकेका छन् । भारतविरुद्धको भेट भने उनका लागि पहिलो हो । लिष्ट‘ए’मा उनको खातामा ८४ रन छ । दाँया हाते व्याट्सम्यान उनी मध्यमस्तरका बलर हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ