arrow

सांसद भएर संसदमा कहिल्यै नबोलेको भन्दै काम्बाङमाथि जनताको आक्रोश

मत माग्दै पाँचथर पुगे गणेश काम्बाङ

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
Ganesh-k-kambang.jpg

पाँचथर । दोश्रो संबिधान सभाको निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका संसद हुन नेकपा एमालेका नेता गणेश काम्बाङ । निर्वाचित भए पछि पाँचथरलाइ पुरै विर्सेका काम्बाङ मंसिर १० गते हुने प्रदेश सभाको चुनावमा बाम गठबन्धनबाट पाँचथर प्रदेश १ को  उम्मेद्धबार बनेर पछि पुन मत माग्दै पाँचथर आएका हुन ।

निर्वाचित अवधिमा उनले संसदमा कहिल्यै नबोलेको भन्दै  जनताले आक्रोश पोखेका छन् ।  टिभिमा एकपल्ट नदिखिएका उम्मेदवार फेरी आएछन् भन्ने टिप्पणी मतदाताले गर्न थालेका छन् । जिल्लाको विकासकामा भुमिका नखेलेको भन्दैँ जिल्लावासि असन्तुष्टि व्यक्त गर्छन् । ठुला विकासका योजना नल्याएको उनीहरुको गुनासो छ । उनकै पार्टीका नेताहरुपनि उनको काममा सन्तुष्ट देखिदैनन् ।

बाढी, पहिरो, आगलागी जस्ता विपत्तीमा जनताको दुखमा नदेखिएको आरोप छ । काम्बाङ पाँचथरले जनताको पक्षमा कहिले संसदमा बोलेको पाँचथरका जनताले देख्न पाएन्न । न कुनै मिडियामा पाँचथरले जनताले काम्बाङलाइ देख्न र सुन्न नै पाए । संसद हुँदा गुमनाम रहेका काम्बाङ यति खेर पाँचथरका जनताहरुलाइ यसै गर्छु  उसो गर्छु भन्दै  सपनाहरु बाढिरहेका छन् ।

गत साउनमा  काम्बाङले जितेर गएको क्षेत्र फालेलुङमा  पहिरोले गाँउनै बिस्तापित हुँदा उनको भुमिका खासै राम्रो रहेन । निवाचित संसद संसदमा नबोल्दा उक्त क्षेत्रका जनता आक्रोशित बनेका थिए । तत्कालीन  पाँचथर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सांसद भिष्मराज आङदेम्बेले संसदमा सम्बोधन गर्दै पहिरोको कुरा उठाउदा सम्बन्धित निर्वाचन क्षेत्रका काम्बाङ मौन रहेका थिए । जनस्तरमा राम्रो व्यवहार नगरेको आरोप समेत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ