arrow

नेपालले भारतलाई क्रिकेटमा हराएपछि रमेश लेखकले यसरी दिए वधाई

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
ramesh-cricket.png

काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले टेष्ट मान्यता प्राप्त भारतलाई हराएसँगै नेपालमा खुसियाली छाएको छ । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त भारतलाई  हराउदा नेपालमा खुसियाली छाएको हो । समग्र खेल क्षेत्र सँगसँगै राजनितिक वृत्तमा समेत खुशी प्रभाह भएको छ ।

१९ वर्षमुनिको टोलीलाई सुदुर पश्चिमका नेताहरुले विशेष वधाई दिएका छन् । सुदुर पश्चिमका नेपाली कांग्रेस नेता रमेश लेखकले सामाजिक सञ्जाल मार्फत वधाई दिएका छन् । उनले चुनावी अभियानकै क्रममा  सामाजिक सञ्जालमा नेपाली युवा क्रिकेट टोलिलाई वधाई दिएका हुन् ।

क्रिकेटका हिरो भाइहरुलाई वधाई,
चुनावी अभियानमा कञ्चनपुरमा गाउँवस्तीमा घुमिरहँदा मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको समाचारले निकै हर्षित भएको छु।

टेष्ट मान्यता प्राप्त भारतविरुद्ध उमेर समूहमै भएपनि नेपालले रचेको यो ऐतिहासिक जितको लागि खेलाडी भाइहरुलाई धेरै धेरै बधाई दिन्छु।

प्रदेश नम्वर ७ कै हाम्रा भाइ दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै नेपाललाई जिताएको यो दिन खेलकुदको इतिहासका साथै खेलप्रेमी नेपालीहरुका लागि ऐतिहासिक दिन हो। भाईहरुलाई फेरि पनि बधाई दिन्छु। आगामी खेलहरुमा पनि सफलताको कामना गर्दछु। जय नेपाल।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ