arrow

तरकारीकाे मूल्य नियन्त्रणका लागि तात्यो सरकार, गर्यो यस्तो निर्णय

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
tarkari.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउ आकासिनुमा विचौलीयाहरुको मुख्य कारण रहकेो भन्दै सरकारले विशेष पहल थाल्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महिन्द्रमान गुरुङको अध्यक्षतामा बसेको सरोकारवालाहरुसँगको छलफलका क्रममा सरकारले विशेष  अनुगमन सहितका विभिन्न प्रयासहरु गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ । 

छलफलका क्रममा सचिव गुरुङले जिम्मेवार निकायका अधिकारीहरु र सरोकारवालाहरुलाई मूल्यबृद्धि नियन्त्रणमा लिन निर्देशन दिएका छन् । छलफल पछि तरकारी बजारलाई फोकस गरेर विशेष अनुगमन सञ्चालन गर्ने, जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाइै थप तीब्र पार्ने, बजारमा हुने उतारचढाव नियन्त्रण गर्न के गर्नु उपयुक्त हुन्छ ? त्यो विषयमा कृषि विकास मन्त्रालयले अध्ययन गर्ने जस्ता निर्णयहरु गरिएको छ । 

त्यस्तै, यसरी हुने मूल्यबृद्धिमा विचौलीयाहरुको संलग्नता हुनसक्नेभन्दै ठूला व्यवसायीहरुलाई राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्वले पनि निगरानीमा राख्ने निर्णय पनि गरिएको छ । बैठकमा कृषिविकास, गृह, आपूर्ती लगायत मन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ