arrow

सगरमाथा चढ्ने साहसी महिला पत्रकारलाई राष्ट्रपतिले गरिन् विदाई

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
mahila_patrakar.jpg

काठमाडौं । समानताका लागि बुलन्द आवाज भन्ने नाराका साथ सगरमाथा आरोहण गर्ने तयारीमा रहेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा शुभकामना दिएकी छन् ।  

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीको वोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको ईतिहासमा नयाँ आयाम थपिने भन्दै यस उत्साहजनक सोच सराहनीय भएको बताइन् ।  सम्पूर्ण नेपाली र नेपालको नाम फैलिने कार्य भएको हुँदा हरतरहको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै राष्ट्रपतिले आरोहण कार्यको सफलताको शुभकामना पनि दिइन् ।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विक्षान सङग्रहालय विकास समिति ) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरि पाँच महिला पत्रकारहरु आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा छन् ।

साथै आरोहण सम्बन्धि तालिम लिन आगामी कात्र्तिक २९ गते बुधबारका दिन पत्रकार महिलाको टोली दोलखास्थित यालुङरी र रामदुङ ६००० मिटरका गरी दुई हिलाम आरोहण गर्न दोलखा रोलवालिङ प्रस्थान गर्नेछन् । राष्ट्रपति भण्डारीसंगको भेटको अवसरमा आरोही समूहलाई नेपाली दाजुभाई, दिदीबहिनी, विभिन्न सघसस्थाका् आर्थिक, भौतिक, नैतिक सहयोग तथा आर्शीवादको आवश्यकता रहेको आरोहण टोलीका सयोजक कल्पना महर्जनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ