arrow

अनुराधाको काँग्रेस आगमनले विनोद चौधरी उत्साहित

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
binod_chaudhari_-_Copy.jpg

काठमाडौैं । सिएनएन हिरो बनिसकेकी अनुराधा कोइराला काँग्रेसमा प्रवेश गरेपछि चर्चित उद्यमी विनोद चौधरी उत्साहित देखिएका छन् । आईतबार दिउँसो कोइराला काँग्रेसमा प्रवेश गरेकी थिईन् । 

अनुराधा कोइराला काँग्रेसमा प्रवशे गरेपछि उद्यमी चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उत्साह प्रकट गरेका हुन् । उनले कोइरालाको आगमनले आफूलाई काम गर्न तथ उर्जा मिलेको पनि बताएका छन् । उनले लेखेका छन् 'सामाजिक अभियन्ता तथा 'सीएनएन हिरो'बाट सम्मानित श्रद्धेय अनुराधा कोइरालाको आगमनले थप ऊर्जा प्राप्त भएको छ ।'

बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच आईतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई पार्टीमा स्वागत गरेका हुन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कोइरालालाई स्वागत गरे। सोही कार्यक्रममा चौधरी पनि समावेश थिए ।

तीन दशकदेखि चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरेकी हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ