arrow

मन्त्री थापा र पूर्व मन्त्री अधिकारी भोट माग्दै

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
yagya_thapa.jpg

पोखरा । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नेपाली काँग्रेसका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा र वाम गठबन्धनका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले भोट माग्न आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गाउँवस्तीमा पुगी मतदाताका माग र वस्तीका समस्या बुझ्नु यतिखेर उनिहरूका लागि दैनिकी जस्तै भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थापासहित काँग्रेस उम्मेदवारले आइतबार पोखरा लेखनाथ–७ का रिठेपानी, छत्रे ढुङ्गा, डाँडाको नाक, अघौंवेसी, खोलाको डिल लगायतका स्थानमा घरदैलो गरेका थिए । घरदैलोका क्रममा मन्त्री थापाले यस क्षेत्रको विकासलाई आफूले सधैं प्राथमिकतामा राखेको बताउँदै सात ताल लिङ्करोड निर्माण लगायतका धेरै काममा सफलता मिलिसकेको बताए ।

जनताको जीवनस्तर वृद्धिका लागि कृषिको आधुनिकीकरण तथा आवश्यक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने पनि उनले उल्लेख गरे ।

त्यस्तै, वाम गठबन्धनका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री अधिकारीसहित वाम गठबन्धनका उम्मेदवारले आज पोखरा लेखनाथ महानगरपालिका–१० मा घरदैलो गरेका छन् ।  

वडा नं १० को निर्वाचन परिचालन कार्यालयको एक कार्यक्रमबीच आइतबार उद्घाटन गरी अधिकारीसहितका वाम गठबन्धनका उम्मेदवारले बुद्ध चोक, अमरसिंह चोक, नागिन टोल, रामबजार, हस्पिटल चोकलगायतका स्थानमा पुगेर मत मागेका थिए ।

उक्त अवसरमा अधिकारीले जनताका माग र अपेक्षाअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक स्थायित्वसँगै कम्युनिष्ट नेतृत्वको सरकारले जनताका सबै माग र अपेक्षालाई सम्बोधन गर्ने उल्लेख गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ