arrow

इराक र इरानको सीमामा ७.३ रेक्टरको भूकम्प, कम्तिमा ६५ जनाको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
earthquake-iran.jpg

काठमाडौं । इराक र इरानको उत्तरी सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पले कम्तिमा ६५ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । 

 भूकम्पका कारण पश्चिम इरानमा कम्तिमा ६१ र इराकमा ४ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । इरानमा मात्रै कम्तिमा ३ सय जना मानिस घाइते भएका छन् । 

इराकमा पनि थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । 

उद्धार कार्य जारी रहेकाले हताहतीको संख्या बढ्ने उद्धारमा संलग्न अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले उल्लेख गरको छ । 

Three Baghdad residents in the streets after a powerful earthquake struck

A map showing an earthquake in the Iran-Iraq border region



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ