arrow

सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य

पहिलो पटक राष्ट्रप्रमुख र उपप्रमुख दुवैको सहभागिता 

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
sinduligudi-250-years.JPG

काठमाडौं। ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५० औं विजयोत्सव ऐतिहासिक बनेको छ। विजयोत्सवमा मुलुकका राष्ट्रप्रमुख र उपप्रमख दुवैको सहभागीता भएका थिए। यसले सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले प्रदर्शन गरेको बीरताको सम्मान भएको छ। 

समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अबसरमा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गरेको थियो। त्यस यात्राको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।

सिन्धुलीगढीमा मनाइएको विजयोत्सवमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकि थिन्। यसरी राष्ट्रप्रमुख र उपप्रमुख दुवै जोडिएको काठमाडौं बाहिरको कार्यक्रम सम्भवत पहिलो यही हो। विसं १८२४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीमा पराजित गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइँदै आएको छ।

सिन्धुलीगढीमा भएको विजयोत्समा प्रधानसेनापति राजेन्द्र क्षेत्री, मुख्य सचिव लोकदर्शन रेग्मी, विभिन्न मन्त्रालयका सचिव, पूर्वमन्त्रीहरु, पूर्वसाँसद। स्थानीय जनप्रतिनिधिहरुसहित ठूलो संख्यामा सर्बसाधारणको उपस्थिति थियो। सिन्धुलीगढीलाई दुलही जस्तै सिंगारिएको थियो। राष्ट्रपति जाने भएपछि ऐतिहासिक सिन्धुलीगढीको स्वरुपै फेरिएको थियो।

नेपाली सेनाले तत्कालीन अवस्थामा अ्रग्रेज सेनासँग युद्ध लड्दाको अबस्था दर्शाउने पोशाकमा आफ्ना सैनिकलाई उतारेको थियो। उनीहरु गुलेली, मट्यांग्रा, भाला, भरुवा बन्दुकलगायतका हतियारमा गढीका हरेक कुनामा सुरक्षार्थ तैनाथ थिए। तत्कालीन ब्रिटिस सेनालाई बहादुर गोर्खालीले तीनै हतियारका बलमा परास्त गरेका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलोगढीमा राष्ट्रिय झन्डा फहराएर विजयोत्वको सुआत गर्नु भयो। त्यस अबसरमा नेपाली सेनाको चण्डीदल गणका सैनिकले सलामी अर्पण गरेका थिए। त्यही बेला नेपाली सेनाले सन् १८२४ मा भएको अंग्रेजसँगको युद्धलाई नाटकमा रुपान्तण गरेर प्रदर्शन गरेको थियो।

त्यस अबसरमा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणको समयमा भएको युद्धमा हाम्रा बीर पुर्खाले देखाएको बहादुरीले नेपालीको शिर उचो बनाएको बताउँदै सिन्धुलीगढी इतिहासमा सधैं बीरताको गाथा बोकेर रहिरहने बताइन्। उनले सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी विश्वसामु चिनाउन भूमिका निवार्ह गर्न सबैमा आग्रह गरिन्। विजयोत्सव आयोजक कमलामाइ नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले गढीको ऐतिहासिक महत्वबारे जानकारी गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ