arrow

०६४ पछि सत्तामा कम्युनिष्टका २२ सय ६६ दिन : न त संविधान न त विकास

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
sarkan_sanchalan_-_Copy.jpg

काठमाडौं । नेपाल शान्तिप्रक्रियामा प्रवेश गरेसँगै मुलुकमा नयाँ संविधानको आवश्यकता देखियो । झण्डै साढे २ शतकको जहानीय राजतन्त्रको अन्त्य गर्दै मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएपछि नयाँ संविधान बनाउन संविधानसभाको निर्वाचन भयो । यद्यपि संविधान सभाको निर्वाचन पछि बसेको पहिलो बैठकले नै मुलुकमा राजतन्त्र नरहेको र गणतन्त्र कायम भएको घोषणा गरेको थियो । 

पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्यो र काँग्रेसलाई जनताले दोस्रो स्थानमा सीमित गराईदियो । त्यसपछि पहिलो सरकार बन्यो तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा । दाहाल नेतृत्वको सरकार त्यतिबेला जम्मा २८० दिनसम्म चल्यो । त्यो सरकारको काम संविधान निर्माण गर्ने भएपनि संविधान निर्माण छाडेर नेपाली सेनाका सेनापति परिवर्तन तिर ध्यान दिँदा संविधान निर्माणको काममा खासै प्रगति भएन । 

त्यतिबेला संसद्ले गर्ने काम त गरिरहेकै हो । तर, राजनीतिक नेतृत्वमा जुटाउनुपर्ने सहमतीको लागि मध्यस्तकर्ता बन्नुपर्ने माओवादी अर्कैतिर ध्यान डुलाउँदा केही प्रगति हुन सकेन । संसद्को प्रयास अध्ययनमा मात्रै सीमित भयो । सो समयमा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले केही महत्वाकांक्षी काममा हात हाले । केही सफल भएपनि समग्र विकासको गतिमा लाग्ने काम केही हुन सकेन । प्रधानसेनापति परिवर्तनमा चलखेल गर्न थालेपछि २ सय ८० औं दिनमा उनी आफैंले राजीनामा दिए । 

उनी पछि आयो नेकपा एमाले नेता माधव कुमार नेपालको सरकार । माधव कुमार नेपालको कार्यकालमा त न त राजनीतिक विकास भयो न त मुलुकको समग्र विकास नै । प्रचण्डले बरु केही नहुँदो गरेर भएपनि चर्चामा आएका थिए । तर, नेपालले त त्यही पनि गर्न सकेनन् । उनको कार्यकाल जम्माजम्मी ६ सय २२ दिनसम्म चल्यो । त्यो समयमा पनि न त संविधान बन्न सक्यो न त कुनै विकासको काम नै भयो । 

त्यसपछि सरकार आयो एमाले नेता झलनाथ खनालको । उनको कार्यकाल पनि साईलेन्स पोलिसीमा नै वित्यो । त्यो समयमा पनि न त मुलुकले संविधान पायो न त विकास नै । त्यसपछि सरकार बन्यो तत्कालीन माओवादी नेता बाबुराम भट्टराईको । भट्टराईले त संविधान बनाउनुको सट्टा उल्टै संविधान सभा नै विघटन गरिदिए । उनको कार्यकालसम्म आईपुग्दासम्म काँग्रेसले सरकारमा नेतृत्व पाएन । 

जब दोस्रो संविधान सभाको निर्वाचन भयो । जनताले कम्युनिष्ट पार्टीबाट विश्वास नगरेर नेपाली काँग्रेसलाई संविधान निर्माणको तालाचाबी बुझाए । काँग्रेसबाट तत्कालीन सभापति सुशील कोइरालाको सरकार बन्यो । त्यही सरकारको पालामा मुलुकले नयाँ संविधान पायो । ५ वर्षसम्म कम्युनिष्टहरुको सरकारले बनाउन नसकेको संविधान सुशील कोइरालाको सरकारले आफ्नो ६ सय ८ दिने कार्यकालभित्र बनाईदिए । 

त्यसपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले क्रमश : २ सय ९७ र ३ सय दिन सरकार सञ्चालन गरे । यो कार्यकालमा पनि केही मुलुकले विकास पाउन सकेन । उनीहरुको अहिलेको भोट माग्ने नारालाई पनि यो उनीहरुको कूल २२ सय ६६ दिनको कार्यकालमा केही उखान टुक्का बाहेक खासै उल्लेखनीय काम हुन सकेन । नाकाबन्दीमा भारतसँग नझुकेको भनेर राष्ट्रवादी बन्नमै व्यस्त देखियो । चीनसँगको व्यापारिक सम्झौता भएको भनिएपनि त्यो नियमित प्रक्रिया भएको र सम्झौताले मात्रै विकासको मूल फुटाउन नसक्ने भएकोले यी दुई प्रधानमन्त्रीको कार्यकालमा धेरै विकासका काम भएको मान्न सकिँदैन। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ