arrow

विप्लवको वितण्ड : मेयर इवन राईको घर जग्गा कव्जा

कम्युनिष्ट गठबन्धनद्वारा पनि धम्की

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
Biplab-kabja.jpg

खोटाङ। हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर, जग्गा र सम्पत्ति नेपाल कम्युनिस्ट पार्टी खोटाङले नियन्त्रणमा लिएको छ । नगरप्रमुख राईको घरमा कात्तिक २५ गते शनिवार राति कसैले थाहा नपाउनेगरी विज्ञप्ती टाँसी घर, जग्गा र सम्पत्ति नियन्त्रणमा लिएको उसले जनाएको हो ।

नेकपा खोटाङ सेक्रेटरीद्वारा जारी विज्ञप्तीको पुछारमा उल्लेख छ, ‘खोटाङ जिल्लाका जनतालाई गुन्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागिपरेका खोटाङ जिल्ला मंगलटार गाविस वार्ड नं २ निवासी इबन राई दलाल संसदीय व्यवस्थाको मत्यार बनेको हुँदा निजको स्वामित्वमा रहेका सम्पूर्ण घर, जग्गा, सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने कुरा सम्पूर्णमा जानकारी गरिन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ  ।

हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसिएको छ । नगरप्रमुख राईले बिहान उठ्दामात्रै आँगनमा झन्डा गाडेको र विज्ञप्ति टाँसेको आफुले थाहा पाएको बताए । उनका अनुसार नेकपा कार्यकर्ताले आधा सत्ता सञ्चालन गर्ने भन्दै स्थानीय तहमा विनियोजित आधा बजेट नगरप्रमुख राईसँग माग गर्दै आएका थिए । उनिहरुले प्रत्यक्ष  टेलिफोन गरेर समेत आसन्न निर्वाचन प्रचार प्रसारमा नहिँड्नसमेत सुझाएका थिए ।

कम्युनिष्ट गठबन्धनद्धारा पनि पटक–पटक धम्की
मलाई स्थानीय निर्वाचनको ताका विप्लवसंगै केही पार्टीहरुले पटक–पटक धम्काएका थिए । अहिले पनि तिनै मानिसहरु प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नहिड्न भन्दै धम्काईरहेका छन् । म आगामी निर्वाचनमा आचासंहिता उल्लंघन नगर्ने गरी भोट माग्न हिडेको छु । उनले भने, ‘बाम गठबन्धनबाट थ्रेट आईरहेको छ, मेयर भएर कांग्रेसलाई जिताउँन नलाग बाम पन्थीहरुको किल्लामा बढी भोट मागेर नहिँड् भन्दै धम्काईरहेका छन् ।’

मेयर राईले भने, ‘म मेयर पद छोडन सक्छु, तर कांग्रेस छाडन् सक्दिन्, म पार्टीको क्षेत्रीय सभापति पनि हो, आगामी निर्वाचनका लागि पार्टीको संगठन प्रमुख पनि हो ।’ यदि मैले आचारसंहित विपरित भोट मागेको भए, तथा नगरपालिकाका सुविधा प्रयोग गरेको प्रमाण भए कारवाही भोग्न तयार छु ।

सामान्य परिवारमा दुख सुख खान लाउँन मात्र पु¥याउँदै आएका राई स्थानीय तहको चुनावमा आफ्ना नरनाता र दाजु भाईको आर्थिक सहयोगमा चुनाव लडेका थिए । स्वच्छ छवि र ईमान्दार भएकै कारण राईले प्रतिस्पर्दी पार्टीको भन्दा झण्डै डवल मत ल्याएर विजयी प्राप्त गरेका थिए । राईलाई चुनाव जितेदेखि अहिलेसम्म पटक –पटक धम्की आउँने गरेको उनी सुनाउँछन्  । राई भन्छन् 'बाम गठबन्धनले चुनावी अभियानमा नहिड्न पटक पटक धम्काएका छन् । स्थानीय निर्वाचनमा उक्त  नगरपालिकामा एमाललेलाई पछि पार्दै कांग्रेसको प्यानल नै विजयी भएको थियो ।'

प्रमुख जिल्ला अधिकारी एकदेव ढकाल भन्छन्,‘ संविधानले नागरिकको हक अधिकारको ग्यारेन्टि गरेको छ  । चुनावी गतिविधिलाई सिथिल बनाउँन मेयर साव माथी त्यो रणनीति अपनाईएको हुन सक्छ, यस विषयमा अनुसन्धान भइरहेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ