arrow

एमालेका उम्मेदवार गुरुङलाई भोट नदिए कार्वाही गर्ने उर्दी

मतदाता आक्रोशित

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
mitrasen-dahal.jpg

ओखलढुंगा ।ओखलढुंगा क्षेत्र नं. १ का एमाले उम्मेदवार अमिरबाबु गुरुङले भोट नदिनेलाई कार्वाही गर्ने भनेपछी मतादाताका आक्रोशित  भएका छन् ।  मंसिर १० गते हुने प्रदेश सभाको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार मित्रसेन दाहाल र कम्युनिष्ट गठबन्धनका उम्मेदवार अमिरबाबु गुरुङ्ग प्रतिस्पर्धीमा रहेका छन् ।

चुनाव नजिकिएसँगै एमाले उम्मेदवार गुरुङ्गको आचरणका विषयमा अमेरिकाको ग्रिनकार्ड लिन छोराको सासु सम्धिनीलाई श्रीमति बनाएको, पैसाको भरमा एमालेलाई भोट हाल्न धम्की दिएको, मतदाताकावीचमा पैसा र भोज भत्तेरको रबाफ देखाएको खबरहरु सार्वजनिक भएबाट मतादातहरुले उम्मेदवारको बारेमा खुल्ला छलफल गर्न सुरु गरेका छन् ।

स्थानियहरुको जमघट हुने विभिन्न चिया चौतरीहरुमा जम्मा भएकाहरुले आगामी चुनावको बारेमा छलफल तथा बहस गर्दै राजनैतिक एजेण्डा भन्दा पनि पैसाको भरमा चुनवा जित्ने कुरा सम्बभ छैन । “हामीहरु बहस तथा छलफल हुदाँ यही कुरा सुनिरहेका छौ” स्थानिय पत्रकार दानुरी शेर्पाले भने पैसाको भरमा हाम्रो स्वाभिमान सिध्याउनु हुन्न भन्नेमा मतदाताहरु सचेत रहेका छन् ।
 
नेपाली कांग्रेसका मित्रसेन दाहाल पुरानो त्यागी सामाजिक संस्कार बोकेको इमान्दारी उम्मेदवार भएकाले मतदाताको छनोटमा पर्न सफल भएको सुन्तली परियारले बताइन । “उनले थपिन हामीले दाहाल जतिको दर्जनौं समाजमा सेवा गरेका उम्मेदवार हुदाँ हुदै गुरुङ्ग जस्तो व्यक्तिलाई भोट हाल्ने कुरै हुदैन ।

गुरुङ्ग तस्करी पेशाबाट आएका हुन उनीलाई भुगोलको राजनितिमा हामीले अक्कलझुक्कल मात्र देख्ने गरेका छौं ।” उनलाई गठबन्दनको उम्मेदवार बनाएकोमा स्वयम एमाले माओबादीका स्थानिय तहका नेता तथा कार्यकर्ता पनि सन्तुष्ट छैन । बर्षै देखि भुगोलमा काम गरेका नेतालाई टिकेट नदिएर पैसाको भरमा नेतृत्वले टुरिष्ट उम्मेदवार खडा गरेको उनिहरुको बुझाई रहेको छ ।

नेपाली कांग्रेसले थालेको व्यवस्थित निर्वाचन कार्यक्रम र दाहालको एक वडा एक परियोजना, एक घर एक रोजगारी र एक गाउँ एक उद्यम  लगायत २२ बुद्धेँ प्रतिवद्धताले मतदातालाई उत्साहित बनाएको उनिहरुको बुझाइ रहेको छ ।

सालिन स्वभावका दाहालले प्रस्तुत गरेका कार्यक्रम र भरपर्दो योजनाले नै उनलाई मतदाताले रोज्नु पर्ने अवस्था आएको स्थानिय नारयण दाहाल बताउँछन । यता मित्रसेन दाहाल पार्टी भित्रको सर्वस्वीकार्य व्यक्ति भएकोले पनि उनि निर्वाचन सबैको रोजाईमा परेका हुन ।
 
दाहालको चुनाव जित्ने माहोल देखेपछि गुरुङ्गले भने आफुलाई अनिवार्य भोट दिन भन्दै कार्यकर्ता र मतदातालाई धम्क्याउन सुरु गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ