arrow

जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
tekwando_lalitpur.jpg

ललितपुर । न्यू जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न भएको छ । तेक्वान्दो खेलमा आफ्नो विशिष्ठ पहिचान बनाँउदै आएको डोजाङले सोमबार एक कार्यक्रमकोबीच ३० प्रशिक्षार्थीहरुको ग्रेडिङ सम्पन्न गरेको हो । 

कार्यक्रमा डोजाङ्ग प्रमुख थानेश्वर दर्लामी मगर, प्रशिक्षक श्री निरोज गौतम र ज्ञान बहादुरको उपस्थिति रहेको थियो । उनीहरुकै उपस्थितीमा डोजाङ्गका ३० खेलाडीहरुको पेटी परिवर्तन गरिएको हो । गे्रडिङ हुने ३० प्रशिक्षार्थीहरुमध्य सेतो, पहेलो, पहेलो हरियो र हरियो पेटी रहेको क्लवले जनाएको छ । 

यस्तै, सो परीक्षामा उत्कृष्ट खेलाडीलाई क्लबले सम्मान समेत गरेका छ । उत्कृष्ठ खेलाडी ठहरिएका देबेन्द्र थिङ ,जिया घिसिङलाई प्रशिक्षक निरोज गौतमले टिर्सट प्रदान गरेका थिए । 
न्यू जावालखेल तेक्वान्दो डोजाङमा दर्जनभन्दा बढी मेडल विजेता खेलाडीहरु रहेका छन । क्लवले तेक्वान्दो खेलमा आफ्नो उत्कृष्ठ खेल प्रदर्शन गर्दै विभिन्न पदक समेत हात पार्दै आएको छ । यस्का अलवा क्लवले सामाजिक क्षेत्रमा समेत सक्रियता जनाँउदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ