arrow

अक्टोवर महिनामा १६ महिला वलात्कारको शिकार, दोषी आफ्नै र छिमेकीहरु बढी

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
Rape-Cases.jpg

काठमाडौं। महिला हिंसासंग सम्बन्धित घटनाहरुका आधारमा अक्टोबर महिनामा अभिलेख गरिएका जम्मा ९७ घटना मध्ये १७ प्रतिशत (१६ जना) महिलाहरु बलात्कारको शिकार भएका छन्। विभिन्न स्रोतका आधारमा ओरेक नेपालले सार्वजनिक गरेको तथ्यमा यो तथ्य देखिएको हो।  

बलात्कारका घटनाहरुको प्रमुख जिम्मेबार आफ्नै वरपरका छिमेकीहरु ५६ प्रतिशत र आफुले आत्मिय मानेका साथिहरु १३ प्रतिशत रहेका छन्। बलात्कार भएका मध्ये सबैभन्दा बढी १६ बर्ष उमेर समूहका ६२ प्रतिशत रहेका छन् भने १७ देखि ३६ बर्ष उमेर समुहका ३८ प्रतिशत महिलाहरु रहेका छन्।

अक्टोबर महिनामा मात्रै अभिलेखिकरण भएका ९७ घटनाहरु मध्ये २३ प्रतिशत महिलाहरुमाथि शारीरिक हिंसा, २१ प्रतिशत मानसिक हिंसा, १७ प्रतिशत महिलाहरुमाथि बलात्कार, २ प्रतिशत बलात्कारको प्रयास, ४ प्रतिशत यौन दूव्र्यवहार, ८ प्रतिशत हत्या, ७ प्रतिशत बेचविखनको प्रयास, ४ प्रतिशत महिलाहरुमाथि बालविवाहका कारणले हिंसा भएको पाइएको छ ।

यसैगरी ५ प्रतिशत बहुविवाह, ४ प्रतिशत दाइजो र २ प्रतिशत महिलाहरुमाथि बोक्सीकोआरोपमा शारीरिक तथा मानसिक हिंसा भएका तथ्याँकहरु अभिलेखिकरण भएका छन्।

यसरी तथ्याँकहरुको आधारमा बलात्कारका घटनाहरु प्राय छिमेकीबाट हुने भएकोले अन्जान र अपरिचित व्यक्तिहरु महिलाहरुका लागि खतरनाक हुन्छन् र घर, परिवार र छरछिमेकमा मात्र महिलाहरु सुरक्षित हुन्छन् भन्ने मान्यता गलत सावित भएको छ । जसले गर्दा महिलाहरुको गतिशिलतामाथि गरिएको नियन्त्रणमा सोँच्नुपर्ने बेला आएको ओरेकका कार्यक्रम निर्देशक अभिराम रायले बताए ।

देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले गर्दा महिलाको सुरक्षा चुनौतीपूर्ण बन्दै गइरहेको उल्लेख गर्दै ओरेकले हिंसा रहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने प्रत्येक नागरिकको अधिकार सुनिश्चित गर्न राज्य जिम्मेबार हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ