arrow

नुवाकोटको शक्ति माविमा १० थान कम्युटर हस्तान्तरण

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
computer_nuwakot.JPG

रानीपौवा (नुवाकोट) । नुवाकोटको बेलकोटमा रहको एक माध्यमिक विद्यालयलाई १० थान कम्युटर हस्तान्तरण गरिएको छ । बेलकोट नगरपालिका वडा नं. ३ मा अवस्थित शक्ति माध्यमिक विद्यालयको स्तरउन्नतिका लागि १० थान कम्युटर हस्तान्तरण गरिएको हो । 

खुककुमारी थपलिया मेमोरियल ट्रस्टले १० थान अत्याधुनिक आईतबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको हो । कम्प्युटर हाल अमेरिकामा रहेका ट्रस्टका अध्यक्ष केशब थपलियाबाट उपलब्ध भएको थियो । तर, कम्प्युटर भने अम्बिका थपलियाले हस्तान्तरण गरेकी थिईन् ।

जिल्लाका अहिले दुई नगरपालिका, सदरमुकामको विदुरका अतिरिक्त बेलकोट नगरपालिका रहे पनि बेलकोट अझै पनि गाउँकै अवस्थामा रहेको र राजधानीको नजिकै भएर पनि बत्तिमुनी अँध्यारोको नियति भोगिरहेको ठाउँमा रहेको सो विद्यालयको स्तरउन्नतिका लागि कम्प्युटर हस्तान्तरण गरिएको हो । 

विद्यालयका प्रधानाध्यापक सूनबहादुर तामाङ्ले ट्रस्टको योगदानका लागि कृतज्ञता सहित धन्यवाद व्यक्त गरे । साथै उनले कम्प्युटर सेटको प्राप्तिबाट विद्यालयमा शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण योगदान पुग्ने र विद्यार्थीहरूको सिक्ने क्षमतामा बृद्धि हुने कुरामा प्रकाश पारे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद थपलियाले उक्त ट्रस्टले यसअघि पनि विद्यालयलाई महत्वपूर्ण सहयोग गरेको, स्थानीय समाजमा पनि सहयोग र सेवा पु¥याउँदै आएकोमा ट्रस्टका संरक्षक थपलियालाई धन्यवाद दिए । हस्तान्तरण कार्यक्रमपछि प्राप्त सबै कम्प्युटर जडान गरी विद्यालयका विद्यार्थीहरूलाई सञ्चालन तथा अवलोकन गराईएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ