arrow

हामीले गठबन्धन गर्दा अरुलाई किन टाउको दुखेको हाे मैले बुझेको छैन (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
lilamani_pokharel_.jpg

माओवादी केन्द्रका एक जना नेताले पहिलो चरणको निर्वाचन अगाडि नै नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने चर्चा निराधार भएको बताएका छन्। माओवादी नेता लीलामणि पोखरेलका अनुसार दुवै

पार्टीका शीर्ष नेताहरु निर्वाचनमा व्यस्त भएका बेला दुई कम्युनिष्ट पार्टी एक हुने चर्चा बाहिर आएको हो।
वाम एकताले मुलुकमा शान्ति, समृद्धि र स्थायित्व आउने भएकाले अस्थरिता चाहनेहरुले यस्ता हल्ला चलाएको नेता पोखरेलले बताए । उनले भने, ‘वाम गठबन्धनबाट अत्तालिएर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमेत रुदै हिडिरहेका छन् ।’
पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी:

० पहिलो चरणको निर्वाचन अघि नै एमाले र माओवादी एक हुने हो ?
– दुईवटा पार्टीका नेताले आफूलाई नै थाहा छैन भनेपछि यस विषयमा चर्चा गरिराख्न जरुरी छैन । पार्टीका मूल नेतालाई थाहा नभएको विषय कसरी आयो ? एकजनाले ९ गते एकता हुने, १० गतेदेखि भएन भनेर हल्ला गर्ने, अर्का नेताले मलाई थाहै छैन भनिसकेपछि यो फेक रहेछ भनेर बुझ्नुपर्‍यो।

० राष्ट्रिय दैनिकमा छापिएको खबर हो ?
– दैनिक पत्रिकाले किन छापे त्यो मलाई थाहा छैन। त्यसको पुष्टिका लागि उनीहरुसँगै माग गर्नुस्। निर्वाचनपछि पार्टी एकतामा छलफल गर्ने गठबन्धन गर्दै छलफल भएको विषय हो । सबै संयोजन समितिका नेताहरु यतिबेला निर्वाचन क्षेत्रमा हुनुहुन्छ। निर्वाचनको अघिल्लो दिन नै पार्टी एकता हुने भनेर कसले हल्ला गरेको हो ?
कसैले प्रायोजित तरिकाले यस्ता कुरा बाहिर ल्याउँदा के हुन्छ भनेर यस्तो समाचार आएका हुन् । यसमा पनि आ–आफ्नै इन्ट्रेस्ट होलान्।

० अनि के, तरंग कतिसम्म फैलिँदो रहेछ भनेर परीक्षण गरिएको हो  ?
– असोज १७ गतको घोषणाले नै नेपालको राजनीतिलाई नै उथलपुथल पार्‍यो । नेपालको राजनीति मात्र होइन, वरिपरीका छिमेकमा समेत प्रभावित पार्‍यो। यसबारेमा गम्भीर राजनीति सुरु भयो। यसले पार्टी एकताको प्रसँग मात्र होइन, नकरात्मक चर्चा पनि गरियो। वामपन्थी एकता भएपछि अधिनायकवाद आउँछ भनेर हल्ला फैलियो। प्रधानमन्त्री शेरबहादुर देउवा दिनदिनै रुदै हिडिराख्नु भएको छ। वामपन्थी अधिनायकवाद आयो भने हाँस्न त छाड्नुस रुन पनि पाइँदैन। यस्ता अन्नयरोदन गर्दै उहाँहरु हिडिराख्नु भएको छ।
वामपन्थी एक जुट भयो भनेर नेपाली जनता खुशी भएका छन्। मुलुकमा आर्थिक, सामाजिक रुपान्तरण होला, मुलुकमा शान्ति होला भनेर जनता खुशी होलान्। त्यत्ति मात्र होइन, कूटनीतिक नियागहरु समेत गठबन्धन नगर्नुस् भन्दै हिड्नु भएको छ। किन अरुलाई टाउको दुखेको मैले बुझेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ