arrow

देशलाई द्वन्द्वमा लैजान कम्युनिष्ट गठबन्धन: बद्री पाण्डेय

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
press-union.jpg

धनगढी। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार प्रसार उपसमितीका सह-संयोजक बद्री पाण्डेयले राजनैतिक र संबैधानिक द्वन्द्वतर्फ देशलाई धकेल्न एमाले—माओवादीको कम्युनिष्ट गठबन्धन गरिएको दावी गरेका छन् ।

  आसन्न चुनावलाई लक्ष्य गरी सोमबार धनगढीमा स्थापना गरिएको ७ नम्बर प्रदेश स्तरीय ‘मिडिया सेन्टर‘को शुभारम्भ गर्दै कांग्रेस प्रचार प्रसार उप समितिका सह-संयोजक समेत रहेका नेता पाण्डेले जुन नियतले एमाले माओवादीको गठबन्धन भएको छ,त्यो पुरा हुन नसक्ने बताए ।उनले नेपालमा बिसं २००७ देखि भएका हरेक राजनीतिक परिवर्तन कांग्रेसको नेतृत्वमा सफल भएको उल्लेख गर्दै आसन्न चुनाव पछि पनि कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन र समृद्धिको अभियान थालिने बताए ।

 नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष तथा प्रचार प्रसार उपसमितीका उपसंयोजक बद्री सिग्देलले प्रजातन्त्रमा मात्र प्रेस जगतको हक अधिकार सुनिश्चित हुने भएकोले प्रजातान्त्रिक पार्टीको पक्षमा कलम चलाउन आग्रह गरे । कैलाली निर्वाचन क्षेत्र ४ को प्रतिनिधि सभाका प्रत्यासी एवं कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारीले प्रजातान्त्रिक शक्तिलाई मासेर बाम गठबन्धनका नाममा देशमा अधिनायकवाद लाद्ने कुचेष्टा भैरहेको बताउँदै यो कुनै हालतमा सफल नहुने बताउए ।

  कार्यक्रममा ७ नम्बर प्रदेश मिडिया सेन्टरका संयोजक मनमोहन स्वाँर, कांग्रेसका प्रदेश सभा उम्मेदवार डिल्लीराज पन्त, यज्ञराज चौधरी, हिरादत्त भट्ट, प्रेस युनियन कैलालीका अध्यक्ष टेकराज जोशी लगाएतले आसन्न चुनावमा प्रजातान्त्रिक शक्ति कांग्रेसलाई बिजयी बनाउन सबै प्रजातन्त्रवादी एक भएर जानु पर्नेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ