arrow

सस्तोमा औषधि किन्ने गगनको प्रयास सफल, कार्यान्वयनको लागि निर्देशन

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
gagan-prastab.jpg

काठमाडौं । सरकारले काँग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री बन्दा गरेका गरेको सस्तोमा औषधि किन्ने प्रस्ताव पारित गरेको छ । सोमबार सुझाव समितिको प्रतिवेदन अनुसार सस्तो दरमा सरकारको कुनै निकायले अन्तराष्ट्रिय कम्पनी वा सरकारबाट सोझै औषधि खरिद गरी आफ्नौ अस्पतालको फार्मेसी मार्फत् विक्री वितरण गर्ने प्रस्ताव कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । 

प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार नै सो प्रक्रियाको कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । सो सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो । सो समितिले सोमबार प्रधानमन्धी समक्ष आफ्नो प्रतिवेदन पेश गरेको थियो । सो प्रतिवेदनले गगन थापाको प्रस्तावलाई सम्भव भएको बताएपछि प्रधानमन्त्री देउवाले सो को कार्यान्वयको लागि मुख्यसचिवलाई निर्देशन दिएका हुन् । 

निर्देशन दिएपछि पूर्र्व स्वास्थ्यमन्त्री गगन थापाले हाल जनताले सयौं गुणा महङ्गोमा किन्नु परेको औषधि धेरै सस्तो वनाउन सकिने आफूहरुको सोंचलार्इ थप पुष्टि गरेको प्रतिक्रिया दिएका छन् । उनले यसको अध्ययन गरेर महत्त्वपूर्ण सुझाव सहितको प्रतिवेदन बुझाउने समितिलार्इ पनि धन्यवाद ज्ञापन गरेका छन् । उनले यो प्रतिवेदन कार्यन्वयनसँगै खल्तिवाट पैसा तिरेर महङ्गो औषधि खानुपर्ने नागरिकलाई ठूलो राहत हुने अपेक्षा व्यक्त गरेका छन्। अहिले तिरेको भन्दा धेरै गुणा सस्तोमा गुणस्तरीय औषधि प्राप्त गर्ने अवस्थाको   सुनिश्चितता हुनेछ।  र औषधि उपलब्ध नहुने अवस्थाको पनि अन्त्य हुने थापाको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ