arrow

दमननाथ ढुङ्गानालाई हाम्रो समर्थन छैन : नारायणमान बिजुक्छें

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
Narayanman-photo-1.jpeg

भक्तपुर। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई नेमकिपाको कुनै समर्थन नरहेको बताएका छन् ।  सोमबार रफत सञ्चार क्लबले आयोजना गरेका नेमकिपाका उम्मेदवारहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेमकिपाले शसक्त रुपमा आफ्नै उम्मेदवार उठाएपछि कांग्रेस आत्तिएर यस्तो हल्ला चलाएको बताए । बिजुक्छेले त्यस्तो हल्लाका पछि नलाग्न मतदातालाई आग्रह गरे।
 
बिजुक्छेले गैरलोकतन्त्रवादीहरु मिलेर लोकतानित्रक गठबन्धन र गैरवामपन्थीहरु मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप लगाउँदै उनले नेमकिपाले देश र जनताको अधिकारको सुरक्षित गर्न उम्मेदवारी दिएको बताए ।उनले नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाउदै भक्तपुरमा नेमकिपाले कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई सहयोग गर्छ भनेर कांग्रेसले हल्ला चलाएर राजनीति ठगि गर्न खोजेको टिप्पणी गरे।
 
बिजुक्छेले भक्तपुरमा कांग्रेस उम्मेदवार दमननाथ ढुङ्गानालाई बिजुक्छे र नेमकिपाको समर्थन छ, भनेर कांग्रेसले र अन्य जिल्लामा बामगठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत भएको प्रष्ट पारे।  

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १  का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पूजीवाद विरुद्ध नेमकिपाको उम्मेदवार भएको बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ