arrow

राष्ट्रिय लिगको उपाधि छिनोफानो हुँदै, आर्मी उपविजेता बनेसंगै लिग रोचक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1545767935.jpeg

काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलको उपाधि छिनोफानो हुँदैछ । त्रिभुवन आर्मी क्लब उपविजेता बनेसंगै रोचक बनेको लिगको अन्तिम भिडन्त थ्रीस्टार र मनाङ मस्र्याङदी क्लवबीच हुँदैछ । शनिवार (आज) दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्सको मैदानमा हुने उपाधि भिडन्तले लिग च्याम्पियनको टुंगो लाग्ने छ ।

मनाङ र थ्रीस्टारबीचको खेल बराबरीमा सकिए आर्मीसँग समान अंक भए पनि ‘अवे’ गोलका आधारमा थ्रीस्टार च्याम्पियन बन्नेछ । मनाङ विजयी भए थ्रीस्टार तेस्रो स्थानमा झर्नेछ । अन्तिम भिडन्तअघि थ्रीस्टारको ३२ तथा मनाङको ३१ अंक छ । यी दुई टिमको भिडन्तसम्म आर्मी ३३ अंकका साथ शीर्ष स्थानमा छ ।

आर्मी शुक्रबार आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै उपविजेता बन्यो ।  आर्मीलाई जिताउन टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठ र टंक बस्नेतले एक–एक गोल गरे ।

नवयुग लिगमा हालसम्म १४ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । लिग विजेताले विजेताले एक करोड, उपविजेताले ५० लाख तथा तेस्रो स्थान हासिल गर्ने टिमले २५ लाख रुपैयाँ जित्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ