arrow

बाजुरामा कांग्रेसको चुनावी प्रचारमा तीव्र, प्रवेशको लहर बढ्यो

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
bajura.jpg

बाजुरा । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले चुनावी  अभियानलाई तिव्रता दिएको छ । उत्तरी भेगबाट सुरु भएको चुनावी अभियान कार्यक्रम सोमबार त्रिेवेणी नगरपालिका र बुढीगंगा नगरपालिकामा संचालन भइरहेको नेपाली कांग्रेस प्रचार मुल समितिले जनाएको छ ।
 
चुनावी अभियान अन्तर्गत सोमबार त्रिवेणी नगनरपालिकाको तोलीमा आमसभा संचालन गरिएको प्रचार प्रसार समिति संयोजक रनसिं अपयडीले बताएका छन् ।  चुनावी अभियानमा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै गएको अयडीले जानकारी दिए  ।

प्रचार समिति संयोजक अयडीले दिएको जानकारी अनुसार त्रिवेणी नगरपालिकाकाबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरी सयौ जना प्रवेश गरेको बताए । त्रिवेणी नगरपालिकामाको ५ नं वडामा नेकपा माओवादीको बर्चश्व भएको भएपनि सोही वडाका ९२ परिवार माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।
 
यसैगरी सोही नगरपालिका १ र २ मा गरिएको चुनावी आमसभामा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी कांग्रेसमा प्रवेश गरेको पत्रकार प्रशान्तराज जोशीले जानकारी दिए ।  पार्टी प्रवेश गर्नेलाई प्रतिनिधी सभाका उम्मेदवार तथा पाटी सभापति कविराज पण्डित,पुर्व सभासदद्धय देवराज जोशी,महा नेपाली,कांग्रेस नेता रंग बहादुर खाती शेर बहादुर खाती पाटी सचिव रनसिं अयडीले टिका लगाई प्रवेश गराएको जोशीले बताए ।
 
कांग्रेसले निर्वाचन क्षेत्र १(ख)मा प्रदेशका उम्मेदवार जनकराज गिरी सहितिको टोली उत्तरी भेगमा प्रचारमा व्यस्त रहेको छ ।,भने निर्वाचन क्षेत्र २(ख)मा नेपाली कांग्रेस महा समिति सदस्य तथा प्रदेश सभा प्रत्यक्ष उम्मेदवार पदम बहादुर शाहीको नेतृत्वको टोली बुढीगंगा नगरपालिकाको २ वडाबाट अभियान सुरु गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ