arrow

‘इरान–इराक’ भूकम्पमा परी मर्नेको संख्या ३ सय ४८ नाघ्यो

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
earthaquake.jpg

एजेन्सी । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४८ पुगेको छ ।
इराकको कुर्द शहर नजिकैको भूभागलाई केन्द्रविन्दू बनाएर गएको ७.३ रेक्टरस्केलको भूकम्पको चपेटामा परी कम्तिमा ३ सय ४८ जनाको मृत्यु भएको हो । हजार बढी व्यक्ति घाइते भएका बीबीसीले जनाएको छ ।

घाइतेको केहीको अवस्था नाजुक रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुको अनुमान छ ।  भूकम्पपछि विद्युत् र सन्चार सेवा अवरुद्ध भएको छ । कयौँ घरहरु भत्किएका छन् । 

तत्काल करिव ७० हजार मानिसहरुलाई आवास आवश्यक रहेको बीबीसीले उल्लेख गरेको छ । कयौँ मानिसहरु घरबाट बाहिर सडकमै बसिरहेका छन् ।

इराकको राजधानी बग्दादका नागरिक प्रार्थनामा जुटेका छन् । भूकम्पको धक्का टर्की र इजरायलसम्म महशुस गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ