arrow

सुनसरीमा प्रहरीले फेला पार्‍यो ठूलो परिमाणमा हातहतियार

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
hatiyar.JPG

सुनसरी । प्रहरीले इटहरीमा ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ । इटहरी–४ का मनोज चौधरीको घरमा लुकाएर राखिएको एउटा एअर गन, एउटा एअर पेस्तोल, दुई वटा बुलेट, धारिलो हतियार तरवार तीन वटा, फलामको नक, चक्कु, १६ वटा प्लास्टिकका खेलौना बन्दुक, ७६ घडी, एउटा ल्यापटप र विभिन्न कम्पनीका मोबाइल फोन २५ वटा बरामद भएको प्रहरीले जनाएको छ ।

चौधरीका घरबाट बरामद गरिएको हतियारसहितका सामग्री इलाका प्रहरी कार्यालय इटहरीले सोमबार पत्रकार सम्मेलन गरीसार्वजनिक गरेको छ । गएको कात्तिक २३ गते राति इटहरी–४ स्थित चौधरीटोलमा ३० वर्षीय सुजन नेपाल र मनोज चौधरीबीच विवाद हुँदा चौधरीले साथी बीसे चौधरीको सहयोगमा सुजनलाई गोली प्रहार गरी फरार भएका थिए ।

चौधरीले प्रहार गरेको गोली सुजनले छलेका थिए । घटना भएको केही समयपश्चात इलाका प्रहरी कार्यालय इटहरीको टोलीले घटनास्थलबाट एकथान गोलीको खोका बरामद गरेको थियो ।

घटनालगत्तै दुवै भागेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सन्जयबहादुर राउतले जानकारी दिएका छन् । अनुसन्धानमा दुई यसअघि विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेको र चौधरी लागुऔषध सेवन र बेचबिखनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ